Published On:Tuesday, November 4, 2014
Posted by dadad

विद्यालय संचालनार्थ देउसी भैलोबाट मंगलादेवीलाई ४ लाख रुपैयाँ

ठाकुर गुरुङ ।
 १८ कार्तिक, धादिङ । धादिङ जिल्लाको उत्तरी क्षेत्रको मार्पाक गाविस वडा नं ७ वोराङमा रहेका मंगलादेवी माध्यमिक बिद्यालयले तिहारमा देउसी भैलो खेलेर ४ लाख १६ हजार ९ सय ७ रुपैयाँ संकलन गरेको छ ।

२०१९ सालमा स्थापना भई २०६६ सालबाट मात्र माध्यमिक तह संचालन भएको बिद्यालयको आर्थिक अवस्था नाजुक भएकोले बिद्यालय संचालानार्थ देउसी भैलो कार्यक्रमको आयोजना गर्नु परेको पुर्व बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर अधिकारीले वताए ।

एउटै वडाको सक्रिएतामा माध्यमिक बिद्यालय संचालन गर्न सेतो हात्ती पाले सरह हुदो रहेछ भन्दै वडा वासिकै सक्रिएता, बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष शंकर अधिकारी र बिद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीको नेतृत्वमा देउसी भैलो खेलिएको हो ।

देउसी भैलो कार्यक्रममा जसले बिद्यालयलाई धेरै दान दिई सहयोग गरिन्छ वहाहरुको नाम बिद्यालयमा स्वणीम रहन्छ भन्दै कार्यक्रम अगाडी वडाईएको थियो । जस अन्तर मार्पाक ७ वोराङ निवासी कर्ण वहादुर वागदासले २० हजार १ सय ५०, बिद्यालयका प्र.अ ध्रुव अधिकारीले १५ हजार ५, मार्पाक ७ चाँपकुना निवासी नोटमान थापाले १२ हजा ६ सय, मार्पाक ७ चाँपकुना निवासी टेक वहादुर थापाले १२ हजार २ सय ५०, मार्पाक ७ वोराङ निवासी लेख वहादुर अधिकारीले ११ हजार, सल्यानकोट गाविस वडा नं. ८ कार्की गाँउ निवासी केदार सुनारले ८ हजार गरि ४ लाख १६ हजार ९ सय ७ रुपैयाँ संकलन गर्न बिद्यालय श्रोत सफल भएको जित अधिकारी वताउछन् ।
माध्यमिक बिद्यालय संचालन गर्न, शिक्षकलाई तलव खुवाउन, बिद्यालयका अन्य भौतिक संरचना निर्माणमा संकलित रकम खर्च गरिने वताईएको छ । बिद्यालयमा जम्मा १४ जना स्टाफ रहेता पनि १ जना स्थायी, ३ जना प्राबि अस्थाई,२ जना निमाबि राहत, १ जना प्रावि राहत, ७ जना निजी श्रोतवाट तलव खुवाउनु पर्ने वाध्यता रहेको छ ।

0 comments for "विद्यालय संचालनार्थ देउसी भैलोबाट मंगलादेवीलाई ४ लाख रुपैयाँ"

Leave a reply

    Popular Posts

    Blog Archive