Published On:Tuesday, November 25, 2014
Posted by Unknown
गोरखामा भूकम्पको धक्का
मंसिर १० -गए राती गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ। राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार ९ बजेर ३३ मिनेटमा गोरखा जिल्लाका उत्तरी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो।
केन्द्रले त्यहाँ ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प मापन गरेको छ। त्यसको धक्का, धादिङ, नुवाकोट लगायतका जिल्लामाहरुमा समेत महसुस भएको स्थानीयले बताएका छन्। त्यसबाट भएको क्षतिबारेमा भने केही विवरण प्राप्त भएको छैन।