Published On:Tuesday, November 25, 2014
Posted by Unknown
सार्क सम्मेलनले गर्दा प्रहरीको पेटमा मुसा कुदयो
१० मंसिर, काठमाडौ - १८ औ सार्क सम्मेलनको सुरक्षामा खटिएका प्रहरी भोकभोकै निरन्तर १५ घण्टासम्म ड्युटीमा खटिएको खुलासा भएको छ। बिहान ६ बजे खाना खाएर ड्युटीमा खटिएका प्रहरीलाई दिउँसो खाजा खाने ब्यवस्था समेत नगरेको बताईएको छ ।
सुरक्षाको लागी सडकमा परिचालन गरिएका प्रहरीहरु बिहान करिब ६ बजेदेखि साँझ ९ बजेसम्म खटिएका थिए । लामो समय भोकभोकै ड्युटी गर्नुपरेकोले उनीहरुले गुनासो गरेको नयाँ पत्रिकामा खबर छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्त दिनेश आचार्यले भने ड्युटीमा खटिएका प्रहरीलाई खाना खाने ब्यवस्था मिलाइएको बताए । ‘केहीलाई दुई सिफ्टमा खटाएका थियौैं, केहीले भने १२ घण्टासम्म ड्युटी गर्नुपरेको थियो,’ उनले भने । सार्क सुरक्षाका लागि उपत्यका र लुम्बिनीमा गरेर सरकारले १८ हजार सुरक्षाकर्मी खटाएका थिए, जसमा नेपाल प्रहरीका १५ हजार छन् ।