Published On:Tuesday, November 25, 2014
Posted by Unknown
१८ औं सार्क शिखर सम्मेलन सुरु
१० मंसिर, काठमाडौ - दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलन सुरु भएको छ। राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा १८ औं शिखर सम्मेलनका अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले दुईदिने सार्क सम्मेलन सुरु भएको घोषणा गरे। त्यसलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले पानसमा बत्ती बालेर सम्मेलन उद्घाटन गरे।