Published On:Saturday, November 22, 2014
Posted by dadad

औषधि व्यवसायमा जनशक्तिको अभाव

औषधि व्यवसायीहरुले जनशक्ति अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल औषधि व्यवसायी संघ बागमती अञ्चल शाखाले औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक बालकृष्ण खकुरेल र निवर्तमान महानिर्देशक गजेन्द्रबहादुर भुजूको बिदाइमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले अभाव पूर्तिको विकल्प दिन सरकारस“ग माग गरेका छन् ।

नेपाल औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जनशक्ति अभावले व्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । ‘अहिले बजारमा रहेको जनशक्ति औषधि व्यवसायका लागि पर्याप्त छैन,’ उनले भने, ‘तत्काल औषधि सहायकको व्यवस्था गर्न सरकारले स्वीकृति दिनुपर्छ ।’

संघका बागमती अञ्चल अध्यक्ष रामेश्वर श्रेष्ठले जनशक्ति नहु“दा व्यवसायीहरु पटक पटक झण्झटमा परेको बताए ।
‘खाना खान गएकाबेला अनुगमन टोली आउने र पसल बन्द गरेको भनेर व्यवसायीमाथि कारबाही भएको छ,’ उनले भने, ‘यस्तो स्थिति अझै रहे धेरै औषधि पसल बन्द हुने अवस्थामा पुगेको छ ।’

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले जनशक्ति अभावको विषय गम्भीर रहेको भन्दै आफूले पहल गर्ने बताए ।

0 comments for "औषधि व्यवसायमा जनशक्तिको अभाव"

Leave a reply

    Popular Posts

    Blog Archive