Published On:Wednesday, November 26, 2014
Posted by dadad

३७ अर्व ६८ करोड रुपैयाँ राजस्व असुली, विभागको सतप्रतिशत लक्ष हाँसिल

१० मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७१/०७२ को कात्तिक महिना सम्म ३७ अर्व ६८ करोड १४ लाख २ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

कात्तिक महिना सम्ममा ३७ अर्व ४१ करोड ८६ लाख ६३ हजार रुपैयाँ उठाउने लक्ष लिएको विभागले लक्ष्यको तुलनामा १०० प्रतिशतको प्रगति गरेको छ ।

विभागले आयकर १६ अर्व २८ करोड २९  लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर १२ अर्व २७ करोड १७ लाख रुपैयाँ र अन्तःशुल्क ८ अर्व ८१ करोड ३६ लाख रुपैयाँ असुली गरेको हो ।

सो रकम निर्धारित लक्ष्यको तुलनामा आयकर तर्फ १०५ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९८ प्रतिशत र अन्तशुल्क तर्फ ९७ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः १३ करोड १७ लाख रुपैयाँ र १८ करोड ४ लाख रुपैयाँ असुली भएको छ ।

यसरी शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा १०० दशमलव ७ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा १०८ प्रतिशत संकलन भएको छ ।

समिक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्माले राजस्व असुली सम्बन्धी नियमित कार्य गर्न, बक्यौता असुलीमा जोड दिन, Current Year Audit, TDS Audit  तर्फ विशेष ध्यान दिन, विभागको वेभसाइट पुननिर्माण गरी स्तरोन्नति गर्न, मूल्यअभिवृद्धि कर निर्देशिकालाई संशोधन एवं परिमार्जन सहित जारी गर्न कर प्रशासनका र्कचारीहरुलाई निर्देशन दिए ।

२० अर्व भन्दा बढी वास्तविक असुल गर्नुपर्ने बक्यौता रहेकाले त्यस्तो रकम उठाउने तर्फ लाग्न र बजारमा गएर बील बिजकको निरीक्षण गर्न महानिर्देशक शर्माले निर्देशन दिए ।

महानिर्देशक शर्माले १ लाख रुपैयाँ भन्दा बढी बक्यौता राख्ने करदाताहरूको अभिलेख अद्यावधिक गरी असुल गर्ने, कानुनी कारवाही गरी आयकर तथा मूल्य अभिवृद्धि कर असुल गर्ने, बक्यौता अभिलेख अद्यावधिक गर्ने र लगत कट्टा गरी बक्यौता रकम घटाउने, कर परीक्षण गर्न छनोट गरिएका करदाताहरूको अविलम्ब कर परीक्षण सम्पन्न गर्ने, अनुसन्धानको लागि छनौट भएका करदाताहरूको कारवाही अविलम्ब सम्पन्न गर्ने, कर परीक्षण, मिसम्याच भई अनुसन्धानात्मक कर परीक्षणको लागि छनौट भएका करदाताहरूको कारवाही अविलम्ब गर्ने लगायतको निर्देशन उपस्थित कर प्रशासकहरूलाई दिए ।

काठमाडौं उपत्यका भित्रका ठूला करदाता कार्यालय लगायत आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयहरूका प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा आ–आफ्ना कार्यालयहरूको राजस्व असुली तथा काम कारवाहीमा आईपरेका समस्याहरूका वारेमा जानकारी गराइएको थियो ।






त्रिपुरासुन्दरीको जात्रा मंसिर १७ र १८ गते हुन
धादिङ । न्वागी पर्वको अवसरमा आयोजना गरिने त्रिपुरासुन्दरी माई मन्दिरको जात्रा यहि मंसिर १७ र १८ गते हुनेभएको छ । त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिले बुधबार धादिङवेसीमा पत्रकार सम्मेलन गरी जात्राको विषयमा जानकारी गराएको हो ।
धादिङ जिल्लाको सल्यानकोट गाउँविकास समिति स्थित वडा नं. ५ मा अवस्थित २ वटा र आगिन्चोक गाउँविकास समिति वडा नं. १ मा १ वटा गरी ३ वटा मन्दिरमा विभिन्न पर्व विशेषमा आलोपालो गरी त्रिपुरासुन्दरी भगवतीको पुजाआज गर्ने गरिँदै आएको छ । सांस्कृतिक विशेषता र परम्परागत जात्राका सन्दर्भमा त्रिपुरासुन्दरी माईको मन्दिरलाई नेपालको पहाडी भागमा रहेको सबैभन्दा ठूलो र चर्चित शक्ति पिठको रुपमा लिइंदै आएको छ ।
पर्वको अवसरमा १७ गते गाउँकोटको पश्चिम थुम्कोमा रहेको मूल मन्दिरमा विशेष पुजनपछि सर्वसाधारणले फुलको डोली चढाउने, बत्ती बाल्ने, र रातमा महादिप बाल्ने गरिन्छ भो भोलीपल्ट १८ गते माईको पुजा गरी मूल पुजारी र माइको मन्दिरका सेवक तथा भक्तजनहरुसमेतको ठूलो लावालस्करले विशेष पैदलयात्रामा बाजागाजा सहित वेसीको मन्दिरमा माईलाई भित्र्याइन्छ ।
बडादशैंको शुभविजयादशमीका अवसरमा मुलपुरोहितबाट सल्यानकोटको पूर्वमा रहेको मन्दिर (दशैंघरमा नै रहेर पर्वको शुभसाइतका जुराउने चलन रहंदै आएको छ । यसरी तल वेसी भित्र्याइएको माइको फिर्ती फागु पूणिमा पछि शुभसाइत हेरी चलाईने परम्परा रहंदै आएको छ ।

0 comments for "३७ अर्व ६८ करोड रुपैयाँ राजस्व असुली, विभागको सतप्रतिशत लक्ष हाँसिल"

Leave a reply

    Popular Posts

    Blog Archive