Published On:Monday, November 24, 2014
Posted by Tekman Shakya

सशस्त्र प्रहरी जवानले युबती जिस्काएपछि

बिरगंज । पर्साको बेलवामा युवतीलाई जिस्काएको आरोपमा स्थानीयले एक सशस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिएका छन् ।

सोमबार विहान बेलवा गाविस वडा नम्बर ६ लक्ष्मीपुर टोलमा सशस्त्र बेस क्याम्प बेलवामा  काठको सुचना संकलन गर्नका निम्ति खटिएका सशस्त्र प्रहरीका जवान राजेश कुमार श्रेष्ठले युवतीलाई जिस्काएको आरोपमा स्थानियले नियन्त्रणमा लिएका हुन् ।

काठको सुचना संकलन गर्न गएका श्रेष्ठले गाउमा कामकाजमा रहेका युवतिलाई जिस्काएकोले स्थानियले नियन्त्रणमा  लिएको स्थानीय सुरेन्द्र महतोले बताए ।

घटनाका बारेमा सशस्त्र बेस क्याम्प बेलवाका सशस्त्र प्रहरी निरिक्षक बाबुकाजि विष्ट संग बुझदा सो गाउमा काठको चारि निकासी भइरहेकोले सो बारे  सुचना संकलन गएका आफना जवानले गल्ती गरेको स्वीकार गरे ।

सशस्त्रका जवान श्रेष्ठले आफनो गल्ती महसुस गरि माफि मागी सकेको र अहिले त्यहाको वातावरण शान्तिपुर्ण रहेको उनले बताए ।

0 comments for "सशस्त्र प्रहरी जवानले युबती जिस्काएपछि"

Leave a reply

    Popular Posts

    Blog Archive