Published On:Friday, November 21, 2014
Posted by dadad
कता जाँदै छ देश !
![]() |
संगम महत |
देशमा अहिले के छ हालखवर भनेर सोध्यो भने सवैको मुखमा आईहाल्ने दुईवटा विषय हो ‘सार्क’ र ‘संविधान’ । संविधान भन्दा पहिले आएको सार्क को कुरा अलि बढ्ता चर्चामा छ अहिले ।
संविधान निर्माणका विषयमा पूर्व पश्चिम भएका राजनीतिक दलहरु सार्कको विषयमा पनि त्यस भन्दा फरक ढंगको अभ्यास र व्यवहार देखाउन सकेका छैनन् । जसले अन्तराष्ट्रिय सम्वन्ध र छवीमा राम्रो प्रभाव पर्ने देखिँदैन ।
सर्क सम्मेलन गर्नुपर्छ भन्ने पहिलेनै थाहा भएपनि अन्तिम समयमा आएर निमार्ण कार्य थालिएको, जसका कारण कम्सल काम भएको र अतिथी वस्ने कुर्सी सानो भएको फेरी परिवर्तन गर्नुपर्ने भएको जस्ता कुराहरु त यसभन्दा पहिलेनै आईसकेका विषय हुन् ।
सर्क सम्मेलन गर्नुपर्छ भन्ने पहिलेनै थाहा भएपनि अन्तिम समयमा आएर निमार्ण कार्य थालिएको, जसका कारण कम्सल काम भएको र अतिथी वस्ने कुर्सी सानो भएको फेरी परिवर्तन गर्नुपर्ने भएको जस्ता कुराहरु त यसभन्दा पहिलेनै आईसकेका विषय हुन् ।
तर केही दिन यता छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसमाथी उठेका भिन्नि टिका टिप्पणीको सवाल जवाफ हेर्दा लाग्छ मोदी कुनै एक आमुख दलको कार्यक्रममा सहभागी हुन नेपाल आउँदै छन् ।
उनि कुनै राष्ट्रको प्रतिनिधी वनेर कुनै राष्ट्रको आयोजनामा हुन लागेको विशिष्ट कार्यक्रममा सहभागी हैन कुनै राजनीतिक दलको नेताका रुपमा कार्यक्रममा आएजस्तो गरी आउने विषय र जाने विषयमा कुनै तुक विनाका तर्क वितर्क गरेर राजनीतिक दलहरुले आप्mनो मात्रै हैन तपाई हामी सवै नेपालीको व्यवहार कस्तो हुन्छ भन्ने कुरा विदेशी सामु प्रष्ट पार्दै छन् ।
उनि कुनै राष्ट्रको प्रतिनिधी वनेर कुनै राष्ट्रको आयोजनामा हुन लागेको विशिष्ट कार्यक्रममा सहभागी हैन कुनै राजनीतिक दलको नेताका रुपमा कार्यक्रममा आएजस्तो गरी आउने विषय र जाने विषयमा कुनै तुक विनाका तर्क वितर्क गरेर राजनीतिक दलहरुले आप्mनो मात्रै हैन तपाई हामी सवै नेपालीको व्यवहार कस्तो हुन्छ भन्ने कुरा विदेशी सामु प्रष्ट पार्दै छन् ।
कुटनीतिक मर्यदा र उच्चताले देशको खास अवस्था छर्लङ्ग हुन्छ भन्ने कुटनीतिक विश्लेषकहरुको भनाईलाई सापटी लिने हो भने कुटनीतिक मर्यदा सायदै भेटिन्छ । पाकिस्तानका प्रधानमन्त्रीले आफ्नै देशबाट सवारी साधन ल्याएर आउनुपर्ने अवस्था आउनु यसको एउटा राम्रो उदाहरण हो ।
तर जुन राजनीतिक दलहरुविच एक जना अतिथीको सम्मेलनमा सहभागी हुने विषय र वाटोका वारे जति आरोप प्रत्यारोप भैरहेको छ जुन कुनै अर्थ सहित छैन । आफु आफु विचको विषय र विमतिलाई साँधेर अरु कुनै त्यो पनि विदेशी पाहुनाको भ्रमणमा केन्द्रीत गरिन्छ । यसबाट प्रष्टै हुन्छ की नेपालका राजनीतिक दलहरुको राजनीतिक र कुटनीतिक कुशलताको उचाई कहाँसम्मको छ ।
र उनिहरुको यो गतिविधीले यो पनि प्रष्ट भएको छ आफ्नोे देशको वारेमा पर–पर सम्म राम्रा कुराको प्रवाह गर्न चाहन्छन की लथालिङ्ग अवस्थाको परिचय वनाउन चाहन्छन् । सार्क सम्मेलनमा सक्ता पक्ष भर्सेज प्रतिपक्ष को खेल छाडेर देशको शान र सम्मानलाई केन्द्रमा राख्नु पर्दछ ।
अव कुरा गरौ संविधानको म एक सामान्य नागरिक भएर हेर्दा के राजनीतिक दलहरु संविधान निर्माणमा जिम्मेवार छन् त भन्ने प्रश्न जतिवेलै मेरो मनमा धुँवा जस्तै मडारिएर आईरन्छन् । म जस्तै नागरिकलाई अहिले तपाई कतै सोध्न जानुभयो र तपाईहरुलाई चाहिएको के हो ? भनेर सोध्नु भयो भने संविधान भन्ने उत्तर सायदै आउने छ ।
जनता त अहिले संविधान भन्दा शान्ति, अमन चयन, भाईचारा, आपसि सत्भाव, मेलमिलाप, साँझ विहानको जोहो सहज रुपमा हुने काम, गरेर खाने वातावरण चाहन्छन् । के यो सवै राजनीतिक सहमति पछि मात्रै सम्भव छ त रु यि सवै समस्याको सहुलियत खोज्नेहरुका तर्क हुन ।
समस्यालाई कारण बनाएर कर्म गर्न छाड्नेहरुको हुलको विचबाट अव नयाँ र फरक सोच विकासको खाँचो छ ।
राजनीतिक दलहरु विचमा सहमति वन्छ भन्नेमा हामी नागरिक कसरी विश्वस्त हुने उनिहरुले भन्ने गरेको जनताले भनेको, जनताका लागी के जनताले यस्तै लडमति गर्न भनेका छन् । तपाई एउटा कुनै आमुख राजनीतिक दलको नेता, कार्यकर्ता र समर्थक भन्दा माथी एक पटक मन्थन गर्नुभयो भने यसको सहि उत्तर तपाई आफै भित्र भेट्नुहुने छ ।
हामी उत्पादन गर्न चाहन्छौ, देशको विकासको गतिविधीमा संलग्न हुन चाहन्छौ, कामको सम्मान चाहन्छौ, जहाँ कामको सम्मानको संस्कारका कुरा गर्न चाहन्छौ । राजनीतिक दलहरुकै कारण कामकाजी बाट दामसाजी वनेकाहरुले पनि एक पल्ट अव सोच्नुपर्ने वेला आएको छ ।
कुनै दिन राजनीतिक दलहरु पछि पर्ने छन् अनि तथास्तुबाट काम चल्ने प्रवृतिको अन्त्य हुने छ र वोलेकै भरमा खल्ति भर्ने प्रवृतिको वाटो वन्द हुनेछ । त्यो वेला फेरी अर्को महासंकट निम्तने छ ।