Published On:Friday, November 28, 2014
Posted by dadad
जोरबिजोर नम्बर प्रणाली हट्यो
१२ मङ्सिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनमा यातायात व्यवस्थापनका लागि सवारी साधनमा लागू गरिएको जोरबिजोर नम्बर प्रणाली आज दिउँसो १ बजेदेखि हटाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक वसन्त पन्तले मङ्सिर ८ गतेदेखि १२ गतेसम्म उपत्यकामा सवारीसाधन सञ्चालनमा जोरबिजोर नम्बर प्रणाली लागू गरिएकामा आज दिउँसो १ बजेबाट सो प्रणाली हटाइएको जानकारी दिए ।
सो प्रणालीअनुसार मङ्सिर ८, १० र १२ गते जोर नम्बर प्लेट र मङ्सिर ९ र ११ गते बिजोर नम्बर प्लेटका सवारी साधनमात्रै गुड्न पाउने व्यवस्था गरिएको थियो ।

सम्मेलनका सहभागी सरकार प्रमुख र सरकार प्रमुख स्वदेश फर्किने क्रम दिउँसो १ बजेदेखि सकिएकाले जोरबिजोर प्रणाली हटाइएको हो ।
यसअघि जोरबिजोर प्रणाली र विशिष्ट अतिथिहरूको सवारीको कारण सवारी आवागमन निकै पातलो भएको थियो ।