Published On:Saturday, November 29, 2014
Posted by dadad

फोर्ब्सले लेख्यो, ‘नेपाल ‘विश्व पर्यटनको स्वर्ग’

काठमाडौं, १४ मंसिर । विश्वप्रसिद्ध फोर्ब्स पत्रिकाका नियमित लेखक अन एबेलले नेपाललाई सन २०१५ मा घुम्नैपर्ने संसरका १० ठाउँमध्ये एकको रुपमा चित्रण गरेकी छन् । 

फोर्ब्समा पाँच दिनअघि छापिएको उनको आलेखमा नेपाललाई सन् २०१५ मा घुम्नै पर्ने संसारका उत्कृष्ठ १० स्थानको सूचीमा ९ नम्बरमा राखिएको छ । आलेखमा नेपाललाई ‘ट्रेकिङको स्वर्ग’ भनेर टिप्पणी गरिएको छ ।

नागरिक दैनिकमा खबर छ । नेपाल बिस्तारै ‘आरामदायी गन्तव्य’ बन्दै गएको उनले लेखेकी छन् । नेपालको कला, संस्कृतिको प्रशंसा गर्दै उनले यहाँका हिमाल, मन्दिर र गुम्बाहरु घुम्न पर्यटकहरुलाई सुझाएकी छन् । ‘नेपालको ट्रेकिङ स्वर्गजस्तै छ । नेपाल बिस्तारै आरामदायी गन्तव्य बनेको छ,’ उनले लेखेकी छन् । 

फेवातालमा देखिने हिमाली छायाको चर्चा गर्दै एबेलले हिमालय र अनुपम कला–संस्कृतिको अवलोकनका लागि नेपाल एकपटक पुग्नैपर्ने गन्तव्य भएको उनले उल्लेख गरेकी छन् । 

0 comments for "फोर्ब्सले लेख्यो, ‘नेपाल ‘विश्व पर्यटनको स्वर्ग’"

Leave a reply

    Popular Posts

    Blog Archive