Published On:Thursday, November 20, 2014
Posted by dadad

राजनीतिक गतिरोधले असन्तोष पुँजीबजार

४ मंसिर, काठमाडौं । पछिल्लो राजनीतिक अस्थिरताका कारण पुँजीबजारको कारोबार पनि स्थिरता कायम हुन सकिरहेको छैन । यो हप्ताको कारोबार सुरु भएको पहिलो लगातार दुई दिन ३३ अंकले गिरावट भए पनि अन्तिम दुई दिनमा १८ अंकको सुधार भएको छ ।

बिहीबार दिनभरको कारोबारमा नेप्से परिसुचक ८ दशमलव ५५ अंकले बृद्धि भएको छ । बुधबार ९ दशमलव ८ ९ अंकले बढेको थियो । देशमा लगानीमैत्री वातावरण निर्माण हुन नसक्दा उत्पादनमुलक क्षेत्रको सुधार अझै हुन सकिरहेको छैन ।

जलबिद्युत र विमा समुहको बृद्धिले नै समग्र परिसुचकलाई सकारात्मक देखाएको हो । यी दुई समुहमा प्राय गिरावट आएको देखिँदैन । सबैभन्दा बढि जलविद्युत समुहको परिसुचक आज ४९ दशमलव ०४ अंकले बृद्धि भएको छ भने त्यसपछि वीमा समुहमा ४८ दशमलव ८४ अंकको सुधार छ ।

यस्तै ‘क’ वर्गको सेन्सेटीभ ईन्डेक्समा पनि सामान्य १ दशमलव ८१ अंकको सुधार आएको छ ।  दिनभर भएको साँढे २१ करोड रुपैयाँ भन्दा बढिको कारोबारमा करीब ४ लाख १९ हजार भन्दा बढि शेयर किनबेच भएका छन् ।

कारोबार सुरु हुने वित्तिकै ओरालोको संकेत देखाएको भएपनि केहि घण्टापछि परिसुचकले सुधारको गति लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

0 comments for "राजनीतिक गतिरोधले असन्तोष पुँजीबजार"

Leave a reply

    Popular Posts

    Blog Archive