Published On:Saturday, November 29, 2014
Posted by Tekman Shakya
वानको सुदुरिपश्मिाञ्चल भेला सम्पन्न
काठमाडौं । स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानको तेस्रो सुदुपश्चिमाञ्चल सम्मेलन आज धनगढीमा सम्पन भएको छ । सुदुरपश्मिाञ्चलमा रहेका स्वतन्त्र रेडियोहरुको सहभागितमा सम्पन्न सम्मेलनले ९ सदस्यीय सुदुरपश्मिाञ्चल क्षेत्रीय समितिसमेत गठन गरेको छ ।
समितिमा संयोजकमा गोदावरी एफ.एमका गोविन्द रोस्यारा, सह संयोजक रेडियो राष्ट्रियका ज्ञानेन्द्र महता र सदस्यहरुमा रेडियो धनगढीका हरि जोशि,रेडियो खप्तडका एकराज बडु,काइट्स एफ.एमका रेजि कुँवर,सुनौलो एफ.एमका खगेन्द्र जैशि,कोशेली एफ.एमका लिलाराज खत्री,रेडियो डउना बेवरीका प्रकाश मिश्र,रेडियो सुदुरसञ्चार बेलौरीका शितल भट्ट रहेका छन ।
कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष गोपाल कुमार झाले स्वतन्त्र रेडियोहरु नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सम्वाहकको भुमिका खेल्दै आइरहेको र सोको मुल्याङकन हुनु पर्ने बताएका छन् ।
राज्यको तर्फबाट नितिगत रुपमै वानका सदस्यहरु प्रति भइरहेको विभेदकारी व्यवहार प्रति उहाँले आक्रोष पोख्दै उनले सो कुरा नसच्चिय कडा रुपमा प्रतिवाद गर्ने पनि बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले व्यवसायीक रेडियोहरुको हक हित र न्यायको लागि आफुले स्थानीय स्तरमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
सरकारी स्तरबाट सञ्चार माध्यमहरुलाई दिइने विज्ञापनहरुमा कुनै प्रकारको भेदभाव नगरिने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल उघोग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमाल, नेकपा एमालेका तर्फबाट दिर्घराज जोशि,कैलालि उघोग बाणिज्य महाँसंघ बरिष्ट उपाध्यक्ष राजेश भण्डारी, मेचीकाली मिडिया सोसाइटीका उपाध्यक्ष हेमन्त पौडेल लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा सुदुरपश्मिाञ्चल क्षेत्रबाट रेडियोको हक हितको लागि महत्वपुर्ण योगदान पुराउने फुलवारी एफ.एमका प्रवन्ध निर्देशक रेशमलाल चौधरी र दिनेश एफ.एमकी स्टेशन म्यानेजर अमिता कुवरलाई सम्मान गरिएको थियो ।
साथै मिस सुदुरपश्चिमाञ्चल हुन सफल रेडियो धनगढिकी कार्यक्रम प्रस्तोता सरस्वती विक र रनर अप हुन सफल दिनेश एफ.एमकी कार्यक्रम प्रस्तोता अविलाशा भण्डारी लाई पनि सम्मान गरिएको थियो ।