Published On:Tuesday, November 25, 2014
Posted by Unknown

पोखरामा अहिलेसम्मकै अत्याधुनिक ‘क्याफे ईटालियनो’ संचालनमा आउने

पोखरा, १० मंसिर - पोखरामा अहिलेसम्मकै अत्याधुनिक रेस्टुरेन्ट संचालनमा आउने भएको छ । अंग्रेजी नयाँवर्षदेखि संचालनमा आउने रेस्टुरेन्टको अहिले धमाधम निर्माणकार्य भैरहेको छ । होटल व्यवसायी भरतराज शर्माले रेस्टुरेन्ट संचालनमा ल्याउन लागेका हुन् । ‘क्याफे ईटालियनो’ नाम दिएर संचालनमा आउने रेस्टुरेन्ट लेकसाईडको बसुन्धारापार्क नजिकै अम्बोटमा संचालनमा आउन लागेको हो ।
‘हामीले पोखरामा अहिलेसम्मकै अत्याधुनिक सेवा सुविधासहितको रेस्टुरेन्ट संचालनमा ल्याउन लागेका हौँ ।सेवा, सुविधा र गुणस्तरको हिसाबले हाल पोखरामा संचालनमा भैरहेका अन्य रेस्टुरेन्टभन्दा हामी एक कदम अगाडि हुनेछ।’ रेस्टुरेन्ट संचालनमा आईसक्दासम्म ५ करोड रुपैँया लगानी हुने  बताए ।
 रेस्टुरेन्टमा ग्राहकहरुले अर्डर गरेको पाँचदेखि १० मिनेटभित्रमा सेवा पाईसकेका हुनेछन् । विशेषगरि ईटालियन परिकारहरु पाक्ने भएपनि चाईनिज, कन्टिनेन्टल परिकारहरु समेत रेस्टुरेन्टमा पाईनेछ । अर्डर गर्नका लागि ग्राहकहरुलाई डिजिटल मेनुको व्यवस्था हुनेछ भने सेवा प्रवाह गर्ने सेफ देखि वेटरसम्म ‘पाँचतारे होटलमा रहने रेस्टुरेन्ट’मा काम गर्ने लेभलका हुनेछन् । संचालकका अनुसार रेस्टुरेन्टको किचन सेक्सन विशेष खालको हुनेछ । ‘पोखरामा यस्तो खालको किचन अहिलेसम्म कसैले चलाएका छैनन् ।’ 

0 comments for "पोखरामा अहिलेसम्मकै अत्याधुनिक ‘क्याफे ईटालियनो’ संचालनमा आउने"

Leave a reply

    Popular Posts

    Blog Archive