Published On:Tuesday, November 25, 2014
Posted by dadad
श्रीलङ्काका राष्ट्रपति लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी
बुटवल, ९, मङ्सिर । श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।
लुम्बिनीमा करिब तीन घन्टा बिताएका राजापाक्षले नै श्रीलङ्काली सरकारले बनाएको पुलको उद्घाटन, श्रीलङ्काद्वारा निर्मित विहारको भ्रमण, लुम्बिनी बुद्धिष्ट विश्वविद्यालयको अवलोकन र श्रीलङ्काली विश्रामगृहको उद्घाटनसमेत गर्नुभएको थियो ।
श्रीलङ्काले बनाएको पुलमा करिब रु एक करोड ५० खर्च लागेको बताइएको छ । सुविधासम्पन्न ४२ कोठासहितको तीर्थालु बस्ने विश्रामगृहको समेत आजै उहाँले उद्घाटन गर्नुभयो । उक्त विश्रामगृह रु सात करोड २० लाखको लागतमा निर्माण गरिएको हो ।
काठमाडौँमा भोलिदेखि सुरु हुने १८आँै सार्क शिखर सम्मेलनमा भाग लिन आउनुभएका श्रीलङ्काली राष्ट्रपति राजापाक्ष आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सिधै हेलिकप्टरबाट लुम्बिनी आउनुभएको थियो ।
यसअघि उहाँलाई लुम्बिनीमा आयोजित विशेष समारोहमा अभिनन्दनसमेत गरिएको थियो । लुम्बिनी विकास कोषका तर्फबाट विकास कोषका उपाध्यक्ष आचार्य कर्मा साङ्बो शेर्पा र नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले संयुक्त रुपमा थाङ्का र अभिनन्दनपत्र प्रदान गर्नुभएको थियो ।
अभिनन्दनपत्रमा राष्ट्रपति राजापाक्षको लुम्बिनीको विकासमा महत्वपूर्ण र प्रशंसनीय भूमिका रहेको र उहाँले विश्व शान्ति र समृद्धिका लागि खेलेको भूमिका दक्षिण एसियाकै लागि अनुकरणीय भएको उल्लेख गरिएको छ ।
उहाँले मायादेवी मन्दिरभित्रको मार्कर स्टोन, नेटिभिटी स्कपचर र अशोक पिलरको समेत अवलोकन गर्नुभएको थियो ।
श्रीलङ्काली राष्ट्रपति राजापाक्षको स्वागतार्थ लुम्बिनी क्षेत्रबाट प्रतिनिधत्व गर्ने सभासद् कमलेश्वर पुरी गोश्वामी, पूर्व मन्त्री वकिल मुसलमान, परराष्ट्रका उपसचिव घनश्याम भण्डारी, विकास कोषका पदाधिकारी र आमन्त्रित सीमित अतिथिको उपस्थिति रहेको थियो ।
राष्ट्रपति राजापाक्षले यसअघि सन् २००९ मा लुम्बिनीको पहिलोपटक भ्रमण गर्नुभएको थियो ।
श्रीलङ्काली राष्ट्रपतिको सुरक्षाका लागि मङ्गलबार बिहान ९ बजेदेखि १० बजेसम्म लुम्बिनी आसपासमा यातायात सेवा बन्द गरिएको थियो । रासस