Published On:Monday, November 24, 2014
Posted by dadad
एक महिनामा ८ जना किशोरी तथा महिलाको हत्या
काठमाडौं । सञ्चारिका समूह नेपालले १ देखि ३१ असोज २०७१ सम्म गरेको १४ वटा राष्ट्रिय दैनिकको सञ्चार अनुगमनले सो एक महिनामा ८ जना किशोरी तथा महिलाको हत्या भएको देखाएको छ भने किशोरी तथा महिलाको हत्यासम्बन्धी २९ वटा समाचार प्रकाशित भएका छन् ।
उक्त अनुगमनमा दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीयलाई समेटिएको थियो । महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो ।
तीमध्ये बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य पर्दछन् ।
सम्प्रेषणका आधारमा २१ वटा बलात्कारको घटनाका ९७ वटा समाचार सामग्री प्रकाशनमा आएका छन् । यो एक महिनाका बिचमा १४ वटा दैनिकमा महिलाबेचविखनका ३ वटा घटनाका ३८ वटा सामग्री प्रकाशित थिए । महिलाकोे स्वास्थ्यअधिकारको हनन् भएका ४२ समाचार, विचार तथा सम्पादकीय प्रकाशित भए भने घटनाको संख्या ६ थियो ।
परम्परागत र धार्मिक हिंसाका २८ समाचार, विचार तथा सम्पादकीय छापिएकामा २ घटना थिए भने ६ वटा यौन दुव्र्यवहारका घटनाका २६ वटा समाचार सामग्री प्रकाशित थिए । सोही अध्ययनले महिलामाथि हुने घरेलु हिंसासँग सम्बन्धित ६ वटा घटनाबारे ४२ वटा समाचार, विचार तथा सम्पादकीय छापिए । त्यस्तै दाइजोसँग सम्बन्धित १ वटा घटनाको ५ समाचार र बहुविवाहका ४ वटा घटनाका १० वटा समाचार प्रकाशित थिए ।

स्थानको हिसावले महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा २२ वटा समाचार छापिएका थिए । सबैभन्दा बढी समाचार पाँचौं पृष्ठमा छापिएको थियो । धेरै समाचारलाई सानो ठाउँ दिइएको थियो ।
समाचारमा उल्लेख भएअनुसार महिलामाथि हिंसा गर्नेमा सबैभन्दा बढी परिवारका सदस्य भन्नेमा (८०), छिमेकी (३८), राज्य (१७), उल्लेख नभएका (३५) र अन्य भन्नेमा (५७) वटा समाचार भएको देखाएको छ ।
सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय ५, फोटो समाचार ३, लेख ५४, सफ्ट न्यूज ४३ तथा हार्ड न्यूज ३६८ वटा प्रकाशित थिए । प्रकाशित हार्ड न्यूजमध्ये ३९, सफ्ट न्यूज १६ र लेख २१ वटामा मात्र फोटो÷स्केच प्रयोग भएको थियो ।
समग्रमा ती सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई प्राथमिकतामा राखी प्रकाशित गरेको पाइएको छ । फलोअप समाचार पहिलाको भन्दा धेरै आएको पाइयो । यो महिना बलात्कारको ५ र घरेलु हिंसाको ३ वटा फलोअप समाचार प्रकाशित भयो । यद्यपि सफ्ट न्यूजमा फोटोको प्रयोग, हिंसा गर्ने व्यक्तिको भनाइ, विद्यमान कानुनी प्रावधानसम्बन्धी जानकारी भने अभैm अपुग देखिन्छ ।
सो सञ्चार अनुगमनमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, र नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंगे्रजी दैनिकहरु समेटिएका थिए ।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् र ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् । हिंसाका समाचारमा फलोअप समाचार आएका छन् कि छैनन् । समाजमा लैंगिक हिंसा कस्ता छन् र कस्ता समाचार आइरहेका छन् भनेर समूहले सञ्चार अनुगमन गर्दै आएको छ ।