Published On:Sunday, November 23, 2014
Posted by dadad

२१ दिनभित्र सुध्रिन कमल थापालाई अल्टिमेटम


७ मंसिर, काठमाडौं । कमल थापाको निरंकुश शैलीबाट असन्तुष्ट बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भित्रका असन्तुष्ट समूहले २१ दिनभित्र सुध्रिन मौका दिएको छ । 

२१ दिनभित्र नसुध्रिए नयाँ शक्ति निर्माण गर्ने असन्तुष्ट पक्षको चेतावनी छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको राप्रपा नेपाल सुदृढिकरण अभियानको राष्ट्रिय भेलाबाट पारित निणर्यहरु सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापालाई यस्तो चेतावनी दिइएको हो ।

भेलाले राप्रपा नेपाल नेपालको एकता र आन्तिरक प्रजातन्त्रलाई सर्वोपरी मानेर पार्टीलाई सुदृढ तुल्याउन अध्यक्ष कमल थापाको विशेष ध्यानाकर्षण गराउँदै अध्यक्षको अधिनाकवादी, एकलौटी, अप्रजातान्त्रिक, अपारदर्शी कार्यशैली सच्चाउन माग गरेको हो ।

सम्मेलनमा सुदृढिकरण अभियानका संयोजक पद्मसुन्दर लावतीले पाटीर््भित्र मौलाएको भ्रष्टाचार एव सैद्धान्तिक विचलन निराकरण गर्नुपर्ने अभियानको अभिप्राय रहेको भन्दै पार्टी नेतृत्वले कार्यकर्ताहरुको बर्षोदेखिको रगत पसिनाको लगानी र विश्वासमाथि गम्भिर आधात पु¥याएको बताए ।

जानी जानी दुष्कर्महरु जारी राखेपछि राप्रपा नेपालका आधारभूत सिद्धान्त, विचार र नितिको रक्षाका लागि सुदृढिकरण अभियान सञ्चालन गरेको आयोजित पत्रकार सम्मेलनमा स्पष्ट पार्दे सुदृढिकरण अभियानका संयोजक लावतीले पार्टीभित्र उत्पन्न भएको यति ठुलो बिद्रोहलाई सम्बोधन नगरे नयाँ शक्तिको जन्म हुन सक्ने उनले बताए ।
आफना मुठीभर चाकरहरुलाई लिएर आफनो बंश परम्परामा आधारित पार्टी नामको एउटा कोटरी चलाउन अध्यक्ष थापा उद्धत रहेको असन्तुष्ट पक्षको आरोप छ । संयोजक लावतीले अबको २१ दिनभित्र अध्यक्ष थापा नसुध्रिए अर्को बिद्रोह गर्दे नयाँ शक्ति निर्माणलाई कसैले रोक्न नसक्ने चेतावनी दिए ।


0 comments for "२१ दिनभित्र सुध्रिन कमल थापालाई अल्टिमेटम"

Leave a reply

    Popular Posts

    Blog Archive