Published On:Friday, November 21, 2014
Posted by dadad
पुँजीबजारमा यो साता एक अर्ब १३ करोडको कारोबार
५ मंसिर, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १०१२१ कारोबारबाट एक अर्ब १३ करोड १ लाख ५१ हजार रुपैयाँ बराबरका २५ लाख ४९ हजार ४ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४.४ प्रतिशत कम हो ।
गत साता १६७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १०८९९ कारोबारबाट एक अर्ब १८ करोड ३० लाख ८१ हजार रुपैयाँ बराबरका २९ लाख ३७ हजार एक सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.६६ अंकले घटेर अन्तिम दिन ८६२.५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.७४ अंकले घटेर १८४.१६ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (१० करोड ५२ लाख ८० हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या ( दुई लाख १६ हजार कित्ता) को आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (४९३ वटा) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।