Published On:Thursday, November 27, 2014
Posted by dadad

२ युवाको मेची महाकाली साईकल यात्रा सुरु

नवलपरासी ।  समयमै संबिधान जारी गर्न दबाब दिने उदेश्यले नवलपरासीमा २ युवाहरुले मेची महाकाली साईकल यात्रा सुरु गरेका छन् ।

१२ दिनमा १ हजार ६५ किलोमिटरको दुरी साईकल यात्रा गर्ने लक्ष्य लिएर बिहीबारबाट युवाहरुले साईलकल यात्रा सुरु गरेका हुन् ।

नवलपरासीको रामनगर निवासी तिर्थ राज पंगेनी र कमल न्यौपानेले  संयुक्त रुपमा मेची महाकाली साईकल यात्रा सुरु गरेका छन ।
नेपालमा दिर्घकालीन शान्तीको कामना निर्धारित समयमै संबिधान हाम्रो चाहना भन्ने नाराका साथ उनिहरुले सो साईलकल यात्रा सुरु गरको हुन् ।

देशमा निर्धारित समयमै संबिधान जारी होस भन्ने आम नेपालीको चाहना भएकाले आफुहरुले सबै दलका नेताहरुलाई दबाब दिन साईकल यात्रा सुरु गरिएको युवाहरुको भनाई छ  ।

0 comments for "२ युवाको मेची महाकाली साईकल यात्रा सुरु"

Leave a reply

    Popular Posts

    Blog Archive