Published On:Friday, November 21, 2014
Posted by dadad

गृह सचिव भन्छन्, ‘मोदीको भ्रमण रद्द भएको जानकारी छैन’

५ मंसिर, काठमाडौं । गृह सचिव सूर्य सिलवालले भारत सरकारबाट मोदीको जनकपुर भ्रमण रद्द भएको खबर नआएको बताएका छन् । आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै सचिव सिलवालले मोदीको सम्बोधन बाह्रबिघामा गराउन तयारी सुरु गरिएको जानकारी दिए ।

'परराष्ट्र मन्त्रालयमार्फत गृहलाई खबर आउनुपर्ने हो, हामीलाई खबर आएको छैन', गृह सचिव सिलवालले भने,'मोदीको भ्रमण ९ गते हुन्छ ।' गृह सचिव सिलवालको साथमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसमेत जनकपुर पुगेका छन् ।

सचिव सिलवालले स्थानीयको माग अनुसार मोदीको सम्बोधन जानकी मन्दिरको प्राङ्गणको सट्टा बाह्रबिघामै गर्ने तयारी भइरहेको बताए । मन्त्री बिमलेन्द्र निधीले मोदीको काठमाडौं बाहिर तय भएको सबै भ्रमण रद्द भएको भन्दै बिहीबार विज्ञप्ती जारी गरेपछि विरोधमा विपक्षी २२ दलीय मोर्चाले आज विहान जनकपुर बन्द गरेका छन् ।

परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै मन्त्री निधीले मोदीको भ्रमण रद्द भएको विज्ञप्ती जारी गरेका थिए । तर, जिम्मेवारी सरकारी अधिकारीको फरक फरक अभिव्यक्तिले मोदी भ्रमणबारे द्विविधा उत्पन्न गराएको छ ।

मंसिर १० र ११ गते हुने सार्क सम्मेलनमा भाग लिन आउने मोदीले ९ गते जनकपुर जाने कार्यक्रम थियो । साथै, उनले लुम्बिनी र मुक्तिनाथसम्म पुग्ने कार्यक्रम तय भएको थियो ।

0 comments for "गृह सचिव भन्छन्, ‘मोदीको भ्रमण रद्द भएको जानकारी छैन’ "

Leave a reply

    Popular Posts

    Blog Archive