Published On:Friday, November 21, 2014
Posted by dadad

उदयपुर कारागरमा झडप, पाँच कैदी घाइते

उदयपुर कारागारभित्र बिहीबार भएको झडपमा ५ जना कैदी घाइते भएका छन् । कैदीहरुबीच झडप हुँदा मध्यान्न १२ बजे कारागार नाइके मनोज राई सहितलाई सजिव राईको समूहले आक्रमण गर्दा कैदीका नाईके मनोज, कैदी सजिव राई, भागवत मल्लाहा, तुलसी राई र युवराज विक घाइते भएक छन् ।

प्रहरी उपरीक्षक टेकबहादुर गुरुङका अनुसार नाइकेको समूहले सरुवा हुने कैदीबन्दीको रेर्कड स्थानीय सुरक्षा प्रमुखहरुलाई नदिएको, कैदीको शोषण गरको र सरुवा भएर जाने कैदीबाट रकम असुलेको भन्दै कैदी सजिवको समूहले आक्रमण गरेको हो ।

घाइते कैदीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये भागवत मल्लाहाको अवस्था गम्भीर रहको  प्रहरीले जनाएको छ । उनको टाउकोमा गहिरो चोट लागेको छ । अन्यको अवस्था सामन्य रहेको उपचारमा संलग्न चिकित्सकले बताए ।

0 comments for "उदयपुर कारागरमा झडप, पाँच कैदी घाइते"

Leave a reply

    Popular Posts

    Blog Archive