Published On:Friday, November 28, 2014
Posted by dadad
नेपालमा ढुक्कसंग लगानी गर्नुस्ः प्रधानमन्त्री कोइराला
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले ढुक्क भएर लगानी गर्न उद्यमीहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान भएको सार्क चेम्बर्स अफ कमर्श एण्ड इण्ड्रष्ट्रिजका पदाधिकारीहरुसंगको भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा लगानीको अनुकुल वातावरण बनिसकेको जिकिर गरे ।
मुलुकमा शान्ति र स्थायित्व कायम हुदै गएकोले लगानीका लागि विश्वसनीय आधार बनेको भन्दै उनले निर्धक्क भएर लगानी गर्न उद्यमीहरुलाई आग्रह गरेका हुन् ।
नेपालमा गरिने लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्ने भन्दै उनले छोटो समयमा नै नेपालको विकास हुने विश्वास व्यक्त गरे ।
भेटमा सार्क क्षेत्रका उद्यमीहरुले प्रधानमन्त्री कोइराला सार्कको अध्यक्ष हुनुभएको र सार्कको १८ औं सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए ।
प्रधानमन्त्री कोइरालाले सार्क मुलुकमा कनेक्टिभिटी सुरुआत भएको र छिटै सडक यातायात र रेल यातायात संझौता हुने विश्वास व्यक्त गरे ।