Published On:Wednesday, November 26, 2014
Posted by dadad

त्रिपुरासुन्दरीको जात्रा मंसिर १७ र १८ गते हुने

धादिङ । न्वागी पर्वको अवसरमा आयोजना गरिने त्रिपुरासुन्दरी माई मन्दिरको जात्रा यहि मंसिर १७ र १८ गते हुनेभएको छ ।

त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समितिले बुधबार धादिङवेसीमा पत्रकार सम्मेलन गरी जात्राको विषयमा जानकारी गराएको हो । 

धादिङ जिल्लाको सल्यानकोट गाउँविकास समिति स्थित वडा नं. ५ मा अवस्थित २ वटा र आगिन्चोक गाउँविकास समिति वडा नं. १ मा १ वटा गरी ३ वटा मन्दिरमा विभिन्न पर्व विशेषमा आलोपालो गरी त्रिपुरासुन्दरी भगवतीको पुजाआज गर्ने गरिँदै आएको छ ।

सांस्कृतिक विशेषता र परम्परागत जात्राका सन्दर्भमा त्रिपुरासुन्दरी माईको मन्दिरलाई नेपालको पहाडी भागमा रहेको सबैभन्दा ठूलो र चर्चित शक्ति पिठको रुपमा लिइंदै आएको छ । 

पर्वको अवसरमा १७ गते गाउँकोटको पश्चिम थुम्कोमा रहेको मूल मन्दिरमा विशेष पुजनपछि सर्वसाधारणले फुलको डोली चढाउने, बत्ती बाल्ने, र रातमा महादिप बाल्ने गरिन्छ भो भोलीपल्ट १८ गते माईको पुजा गरी मूल पुजारी र माइको मन्दिरका सेवक तथा भक्तजनहरुसमेतको ठूलो लावालस्करले विशेष पैदलयात्रामा बाजागाजा सहित वेसीको मन्दिरमा माईलाई भित्र्याइन्छ ।

बडादशैंको शुभविजयादशमीका अवसरमा मुलपुरोहितबाट सल्यानकोटको पूर्वमा रहेको मन्दिर (दशैंघरमा नै रहेर पर्वको शुभसाइतका जुराउने चलन रहंदै आएको छ ।

यसरी तल वेसी भित्र्याइएको माइको फिर्ती फागु पूणिमा पछि शुभसाइत हेरी चलाईने परम्परा रहंदै आएको छ ।

0 comments for "त्रिपुरासुन्दरीको जात्रा मंसिर १७ र १८ गते हुने"

Leave a reply

    Popular Posts

    Blog Archive