Published On:Saturday, November 22, 2014
Posted by dadad
मकैका लेखकको चर्चै चर्चा
६ मंसिर, दाङ । समाज रुपान्तरणका लागि साहित्य सशक्त माध्यम भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
प्रथम साहित्यिक शहिद सुब्ब्ँँ कृष्णलाल अधिकारीको १२८ औं जन्म जयन्तीका अवसरमा प्रगतिशिल लेखक संघ नेपाल दाङ शाखाले शनिबार तुलसीपुरमा गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
सहभागीहरुले साहित्यकार अधिकारीले निरङ्कुस राणा शासनका बेलामा पनि आफ्नो कलमका माध्यमबाट समाज रुपान्तरणमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । वक्ताहरुले देशमा विभिन्न समयमा भएका आन्दोलनका सार्थकतामा पनि साहित्यको सकारात्मक भुमिकाका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै गरि बक्ताहरुले जस्तो सुकै निरङ्कुस शासकलाइ पनि कलमका माध्यमबाट तह लगाउन सकिने बताएका थिए । प्रलेस नेपालका केन्द्रीय सदस्य पद्मप्रसाद शर्माले कृष्णलाल अधिकारीको जीवनी, व्यक्तित्वका बारेमा प्रकाश पारे ।
मदानी साहित्य समुहका अध्यक्ष बसन्त विवस आचार्यले सुब्बा कृष्णलाल अधिकारीको कृति मकैको खेतिका बारेमा चर्चा गरेका थिए । यस्तै प्रगतिशील लेखक संघ नेपाल दांग शाखाको २२ औं स्थापना दिवस आगामी पुस ३ गते मनाउने निर्णय गरिएको छ ।
संघको शनिबार तुलसीपुरमा बसेको बैठकले स्थापना दिवस पुस ३ गते घोराहीमा मनाउने निर्णय गरेको हो ।