Published On:Sunday, November 23, 2014
Posted by dadad
अठारौँ शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री कोइरालाले गर्ने
७ मङ्सिर,काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को १८ औँ शिखर सम्मेलनको उद्घाटन आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गर्ने भएका छन् ।
सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गर्नुभएपछि मङ्सिर १० गते बिहान ९ः३० बजे आयोजक राष्ट्रका प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि सम्मेलनले छलफलका कार्यसूची अनुमोदन गरेपछि सार्कको अध्यक्षताका लागि माल्दिभ्सका राष्ट्रपति गैयुमले आयोजक राष्ट्र नेपालका प्रधानमन्त्रीलाई प्रस्ताव गर्नेछन् ।
प्रस्तावप्रति सार्कका सबै मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुखले स्वीकृति जनाउनु हुनेछ । अध्यक्ष प्रस्तावको स्वीकृतिपछि नेपालका प्रधानमन्त्रीले सार्कको अध्यक्षमा निर्वाचित भएकामा धन्यवाद ज्ञापन गर्दै आफ्नो उद्घाटन सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री कोइरालाले सम्बोधन लागि निम्त्याउने मन्त्रालयको कार्यसूचीमा उल्लेख गरिएको छ ।
अध्यक्षबाट निवर्तमान हुने माल्दिभ्सका राष्ट्रपति यामिनले पुनः सम्बोधन गर्नेछन् । सम्बोधन बिहान १०ः२० देखि ११ः४० बजेसम्म रहने कार्यक्रम छ । त्यसपछि सार्कका महासचिव अर्जुनबहादुर थापा र सार्कका पर्यवेक्षक मुलुकलाई वर्णानुक्रमानुसार सम्बोधनका लागि प्रधानमन्त्री कोइरालाले आमन्त्रण गर्नेछन् ।
पर्यवेक्षक मुलुक क्रमशः अष्ट्रेलिया, चीन, इरान, जापान, कोरिया, मरिसस, म्यानमार, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका प्रतिनिधिले मन्तव्य राख्नेछन् । सम्बोधन ११ः४१ देखि १२ः२८ सम्म रहने कार्यसूची रहेको छ । पर्यवेक्षक मुलुकबाट सम्बोधनका लागि कम्तीमा राज्यमन्त्री उपमन्त्री सरहको प्रतिनिधि हुनुपर्ने प्रावधान छ । रासस