Published On:Friday, November 28, 2014
Posted by dadad

गढिमाई मेलामा एकैदिन ६ हजार राँगाको बली दिईयो

१२ मंसिर, बारा । बली पूजाका लागि विश्वमै प्रसिद्धि कमाएको बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा शुक्रबार ६ हजार भन्दा बढी राँगाको बली चढाईएको छ ।

बिहान ९.२० बजेबाट सर्बसाधारणका लागी बलि चढाउने कार्य औपचारीक रुपमा शुरु भएपछि साँझ ५ बजे सम्ममा करीब ६ हजारको बलि दिइएको गढीमाई पुजा व्यवस्थापन समितिले जनाएको छ ।

५बजे पछि बलि दिने कार्य शुक्रबारका लागि स्थगित गरिएको छ ।  मङसीरको शुक्ल पूणिमाको षष्ठीदेखि नवमीसम्म गढिमाई मेलामा विशेष पूजा हुने गर्दछ ।

मेलामा पञ्चमीको दिन खप्पर पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन गढीमाई क्षेत्रभित्र रहेका ब्रम्हस्थानमा झाँक्रीले नरवलिका रुपमा आङ्खनो शरीरका विभिन्न भागबाट पाँच थोपा रगत चढाएपछि त्यहाँ स्वतः एक विशेष दीप प्रज्ज्वलित हुने र मेलामा औपचारीक रुपमा सर्बसाधारणले गढिमाईलाई चढाएको बलि चढ्ने कार्य शुरु गरिने परम्परा छ ।

दीप प्रज्वलित भएलगतै गढीमाता बरियारपुरमा प्रवेश गरेको धामिर्क मान्यतासँगै मेलाको औपचारिकता शुरु भएको घोषणा गरिन्छ । त्यस लगत्तै झाक्रीले पञ्च बली दिने गर्दछन् । झाँक्रि पञ्चबलीका रुपमा जङगली सेतो मुसा, भाले कुखुरा, बोका, सुंगुर र राँगाको बली दिने गर्दछन् ।

धार्मिक विधि अनुसार पञ्चबली दिइसकेपछि मात्रै सर्वसाधारण्ँले वली दिने कार्य शुरुहुने मान्यता रहेको गढिमाईका मुख्य पुजारी मंगल चौधरीले बताए । आङ्खनो मनोकांक्षा पूरा भएका लाखौं भक्तजनहरुले भाकल गरे अनुसारका राँगा, बोका, कुखुरा र परेवाको बली चढाउने गर्दछन् । 
मन्दिर ब्यबस्थापनले आज रागा बलि र भोली बोका बलिको दिन तोकेको छ ।  प्रत्येक पाँच वर्षमा एकचोटि लाग्ने गढीमाई मेलामा देश विदेशबाट लाखौं भक्तजन तथा दर्शनार्थीहरु मेला भर्न आएका छन् ।

मेलामा दर्शनार्थीहरु गढीमाइको पुजा आराधना सम्पन्न गरी फर्कने क्रम शुरु भएको छ ।  आठवटा नाकाबाट गढीमाई पुग्ने दर्शनार्थीहरुको उर्लिएको  मानव लर्को समुद्रमा आउने लहर भैm देखिएको स्थानिय वासिन्दाहरुले बताएका छन् ।

नेपाल तथा भारतवाट लाखौको सख्यामा आएका दर्शनार्थीहरु रांगा वलि संगै गढीमाईमो पुजा आराधना तथा दर्शन गरी फर्कने क्रम शुरु भएको हो ।

0 comments for "गढिमाई मेलामा एकैदिन ६ हजार राँगाको बली दिईयो"

Leave a reply

    Popular Posts

    Blog Archive