
पोखरा १० मंसिर- लगानीको सम्बधर्न , उद्योग व्यावसायको प्रर्वधन भन्ने मूल नाराको साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा मंगलबारसम्म १० करोड ५० लाखको कारोबार भएको छ । मंसिर ४गते अर्थ मन्त्री डा.रामशरण महतले उदघाटन गर्नुभएको मेलामा हालसम्म १ लाख १० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । ‘मंगलबार मात्र २० हजार दर्शकले मेला अवलोकन गरेका छन्, मेलामा दर्शकको सहभागिता उत्साहजनक रुपमा बढेको छ ।’