Published On:Monday, November 24, 2014
Posted by Tekman Shakya

माउण्टेन टिभीकी पत्रकारलाई पुर्नबहाली गर्न प्रेस युनियनको माग

काठमाडौं । सुत्केरी बिदामा रहेको समयमा अमानवीय ढंगबाट जागिरबाट निकालिएका माउण्टेन टेलिभि
जनकी पत्रकार अञ्जु न्यौपानेलाई तत्काल पुर्नबहाली गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखाले माग गरेको छ । 

शाखाका अध्यक्ष नकुल अर्यालले आज विज्ञप्ती जारी गर्दै सुत्केरी बिदामा बसेकी माउण्टेन टेलिभिनकी समाचार वाचिका अन्जु न्यौपानेलाई जागिरबाट निकालिएको घटनाको विरोध गर्दै उनलाई क्षतिपूर्तिसहित तत्काल पुर्नबहाली गर्न माग गर्नुभएको हो ।

प्रेस युनियन काठमाडौं शाखाको विज्ञप्तीमा भनिएको छ, ‘श्रमजीवी पत्रकार ऐनको मर्म विपरीत सुत्केरी बिदामा बसेको अवस्थामा महिला पत्रकारलाई जागिरमुक्त गरिनु विषेश गरी श्रमजीवी महिला पत्रकार र समग्र पेशागत हितकै विरुद्धमा छ भन्ने हाम्रो ठहर छ ।

सुत्केरी बिदामा बसेको समयमा महिला पत्रकारलाई थप सेवा सुविधा र हौसला प्रदान गर्नुको साटो रोजगारी मुक्त गर्ने माउण्टेन टेलिभिजन प्रशासनको नेपाल प्रेस युनियन काठमाडौं शाखा घोर भत्र्सना गर्दछ । साथै, यथाशीघ्र पिडित पत्रकार अञ्जु न्यौपानेलाई क्षतिपूर्तिसहित पुर्नबहाली गर्न जोडदार माग गर्दछौं ।’

पिडित पत्रकार अञ्जु न्यौपानेले हालै एक लेखमार्फत लिखित र मौखिक स्वीकृति लिएर सुत्केरी बिदा बसेको भएपनि गत साउनमा माउण्टेन टेलिभिजनका प्रशासन प्रमुख गोपाल बस्नेतले जागिरबाट निकालेको बताएकी थिइन् ।


समाज खबरबाट

0 comments for "माउण्टेन टिभीकी पत्रकारलाई पुर्नबहाली गर्न प्रेस युनियनको माग "

Leave a reply

    Popular Posts

    Blog Archive