Published On:Friday, November 28, 2014
Posted by dadad
कैलाशको निर्देशनमा ‘ब्ल्याक ईन ब्युटी’
आभा ग्रुपको प्रस्तुतिमा युवा निर्देशक कैलाश न्यौपानेले तयार गर्दै गरेको डकुमेन्ट्री ‘ब्ल्याक ईन ब्युटी’ तयार भएको छ ।
चलचित्र निर्देशक समाजले निर्देशकहरुको दक्षता वृद्धीको लागी २ बर्ष पहिले लमजुङको घलेगाउँमा गरेको ‘वर्कसप’मा उत्कृष्ट डकुमेन्ट्री ‘मन्सरी’ निर्देशन टिमका सदस्य कैलाश न्यौपानेले त्यसपछी आफ्नै निर्देशनमा ‘निरिह’ नामक डकुमेन्ट्री बनाएर देशभर प्रदर्शन समेत गरेका थिए ।
हालसम्म करिब आधा दर्जनजति डकुमेन्ट्री निर्देशन गरेका कैलाश अहिले सुदुर पश्चिमेली संस्कृतीलाई जोड दिएर तयार गर्दै गरेको नयाँ डकुमेन्ट्री ‘व्लयाक ईन ब्युटी’को पोस्ट–प्रोडक्शनमा सकेर अब स्कूल हरु तथा विभिन्न देशमा प्रदर्शन गर्ने तयारीमा छन् ।
तयार हुनु पूर्व नै यसको बारेमा सुनेर धेरै स्कूल र विभिन्न देश बाट यसको माग भइसकेकाले राम्रो काम को लागि साथ दिन्छन् भन्ने कुरा मा उनि बिश्वाश राखछन् यो डकुमेन्ट्रीमा बिशेषतः सामाजिक शिक्षा मा आधारित रहेर पश्चिम नेपालका नागरिकहरुको जीवन पद्धती, स्थानिय कला संस्कृती र बाहिर नआएका तर पर्यटनको लागी ठुलो संभावना बोकेका ठाउँहरुलाई जोड्न खोजिएको छ ।
साथै यो डकुमेन्ट्रीले युवा पुस्तामा पछिल्लो समय बढ्दै गएको बिदेशीने मनोवृतीको विपरित युवाहरुले नेपालमा नै रहेर यहाँकै सभावनाहरुको खोजी गर्ने हो भने भने विकशितको सुचीमा परेका देशहरु भन्दा पछाडी नेपाल नरहेको कुराहरुलाई समेत उल्लेख गरिएको उनले बताए ।
‘व्लयाक ईन ब्युटी’मा दशकौं देखी नेपाली पत्रकारितामा क्रियाशिल पत्रकार तथा कवि नवराज लम्साल,अजय खनाल तथा अमेरिकन पत्रकार तथा लेखिका ‘एमेण्डा समर’को समेत बिशेष भुमिकामा देखिँदैछन । यो डकुमेन्ट्री मेकिङको लागी काठमाडौंबाट एक्लै सुदुर पश्चिम पुगेर कैलाशले एक महिना बताएर त्यहाँको परिवेशमा घुलमिल हुँदै आफुले नै क्यामेरामा दृश्य कैद गरेका थिए ।
बिगत नौ बर्ष देखि समाजसेवामा र ५ बर्ष देखि उधेम्सिलता मा सक्रिय कैलाश आफु आभा ग्रुप र यस्तै मार्फत नेपाल लाई विश्वो सामू चिनाउने संकल्प का साथ अगि बढेका छन् एस डकुमेन्ट्री निर्माण कम्पनि आभा ग्रुप युवा हरु को समुह हो जसले युवा हरु लै अवसर दिदै देश मै केहि गर्न प्रेरणा र साथ दिने गर्छ र आज डकुमेन्ट्री र आभा ग्रुप यहा सम्म आहिपुग्नुमा आफ्नो समूह र परिवार को साथ् ले सम्भब भएको बताउछन् ।
गोर्खा मा जन्मेका कैलाशले पश्चिम बसाईको अनुभव सुनाउँदै भन्छन, ‘पहिले मैले मेरो जन्मघर र काठमाडौं आसपासलाई मात्रै नेपाल सम्झिन्थे तर त्यहाँ पुग्दा आश्चर्यमा परेँ, अनि बल्ल थाहा भो हामी प्राकृतिक सौन्दर्यतामा कति धनी रहेछौं भनेर’ । सँगसँगै उनले यो डकुमेन्ट्रीमा सामाजिक पर्यटनको विकास र सुदुर पश्चिमका समस्या र सम्भावनाहरुको राम्रो चित्रण हुने समेत बताए ।
अध्ययनको लागी अष्ट्रेलियाको अवसर पाउँदा पाउँदै पनि त्यसलाई छाडेर आफ्नै देशमा केहि गरौं तथा यहाँकै समस्या र सम्भावनालाई बाहिर ल्याउन सकेमा केहि हुने सोचमा उनी काठमाडौबाट एक्लै सुदुर पश्चिम पुगेका थिए ।
यो डकुमेन्ट्रीमा पनि खास त विदेश जाने तयारी पुरा हुँदा हुँदै पनि त्यसलाई छाडेर देशमै सम्भावना देखेर संघर्ष गरिरहेको युवाको कहानी र आफ्नै वास्तविक परिवेशलाई चरितार्थ गरेको उनी वताउँछन् ।
पश्चिम नेपालको सुदुर पश्चिम राजधानीबाट टाढा रहेको कारण नै पछी परेको कुरा औल्याउँदै उनले ‘सुदुर पश्चिम’ सुदुर नभएर सुन्दर पश्चिम’ भएको तर्क गर्छन् ।
पश्चिम नेपालको सुदुर पश्चिम राजधानीबाट टाढा रहेको कारण नै पछी परेको कुरा औल्याउँदै उनले ‘सुदुर पश्चिम’ सुदुर नभएर सुन्दर पश्चिम’ भएको तर्क गर्छन् ।