Published On:Tuesday, November 25, 2014
Posted by dadad

नेप्से परिसूचक पुन घट्यो

काठमाडौं। ८५६ पुगेर फर्केको नेप्से परिसूचक अन्त्यमा पुनः १.३० अंकले घटेको छ।

 कारोबारको बीचबीचमा नेपाल टेलिकमको सेयर मूल्य बढेपछि उकालो लाग्न टेवा पाएको नेप्से अन्त्यमा पुनः घटेको हो।

 अन्त्यमा टेलिकमको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्य बराबर नै रह्यो।

बैकिङ समूहको परिसूचकमा पनि सुधार देखिएपनि नेप्सेले वृद्धिको बाटो पछ्याएको थियो। कुमारी बैंक, जनता बैंक, सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतको मूल्य बढेको छ। बैंकिङ र होटेल समूहको मात्र यस दिन परिसूचक बढ्यो।

बजार घटेसंगै कारोबार रकमपनि उल्लेख घट्यो। अघिल्लो दिन करिब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलवार १४ करोड रुपैयाँको कारोबार भयो।

यस दिन ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ। बैंक र होटेल समूहको मात्र सुचक बढेको छ। गुराँस लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतको मूल्य घटेको छ।

बीमा समूहको परिसूचक ४० अंक, जलविद्युत् १९ अंक,  बिकास बैंक १.७८ अंक र वित्त ०.१३ अंकले घटेको छ।  मध्य समयपछि खरिद बढेकोले आगामी दिनमा बजारले सकारात्मक दिशा पाँउन सक्ने अनुमान देखिन्छ। तरपनि बजारमा मोलमोलाई भने तीव्र रहेको छ, यसले बजारले निश्चित दिशा समात्न केही दिन लाग्ने देखिन्छ।

लुम्बिनी जेनरल इन्स्योरेन्सले पनि १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ। कम्पनीको प्रस्ताव पारित भएमा चुक्तापूँजी २९ करोड १८ लाख रुपैयाँ पुग्ने छ। तर लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने चार रुपैयाँले घट्यो।
bizmandu.com

0 comments for "नेप्से परिसूचक पुन घट्यो"

Leave a reply

    Popular Posts

    Blog Archive