Published On:Tuesday, November 25, 2014
Posted by dadad
‘धुन’ अफिसियल गीत रिलिज (भिडियो सहित)
मंगलवार सार्वजनिक सिनेमाको ‘केहि पल’ बोलको यो गीतमा अभिनेता जीवन लुईंटेल र अभीनेत्री नीता ढुङ्गाना फिचरिङमा छन् ।
लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतले जीवन र नीताको प्रेम भावलाई बोल्छ । गीतमा स्वर गायिका मिलन अमात्यले दिएकी छिन्, भने कोरियोग्राफी प्रदिप श्रेष्ठको रहेको छ ।
यो गीतमा सुन्दर नगरी पोखरा आसपासका दृश्यहरु समावेश छन् । देशमा सार्क सम्मेलनले राजनितिक माहोल तताईरहेको समयमा सांगितिक माहोल तताउनको लागी यो गीतले भुमिका खेल्नेमा निर्माण युनिट आशावादी छ ।
सिनेमा सांगितिक प्रेम कथामा आधारित छ । युवा निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको यो सिनेमाकी प्रस्तुतकर्ता मालती शाह हुन भने लगानी सुशिल शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको रहेको छ ।
तारा सितारा प्रोडक्शनको ब्यानरमा तयार सिनेमा ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय छ ।