Published On:Saturday, November 22, 2014
Posted by dadad

लुम्बिनिमा गोली चल्यो, हतियारधारी खानको मृत्यु

६ मंसिर, भैरहवा । रूपन्देहीको लुम्बिनी नजिकको विष्णुपुरामा प्रहरीको गोली लागि एक भारतीय नागरिकको ज्यान गएको छ ।

प्रहरीको गोली लागी सर्फराज खानको मृत्यु भएको र उनको पेटमा गोलीले प्वाल परेको प्रहरीले जानकारी दिएको छ ।

नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले हतियार बोकेको ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि हतियारधारी ब्यक्तिको मृत्यु भएको प्रहरीको भनार्इ छ । मृतक भारतीय नागरिक मोस्ट वान्टेड सूचीमा रहेको प्रहरीको दावी छ ।
मृतक खान भारतको महाराजगञ्ज निचलौल निवासी हुन् । भैरहवामा आकाश गुरूङको अपहरणपछि  भएको हत्यामा प्रहरीले खानलार्इ मोष्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको जनाएको छ ।

भारत र नेपाल दुबैतिर बस्दै आएका उनीहरू विष्णुपुरामा रहेको थाहा पाएपछि सादा पोशाकका प्रहरीले पिछा गरेका थिए । दुर्इवटा मोटरसाइकलमा चारजना भाग्न लागेका बेला प्रहरीसँग मुठभेड भएको थियो । 
प्रहरीले जवाफी फाइरिङ गर्दा खानको मृत्यु भएको प्रहरीले बतायो ।

घटनास्थलबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका अखिल मुसलमान र हफिजल्लाह मुसलमान छन् । प्रहरीले हतियारसहित दुर्इवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको छ । 
बरामद गरिएका मोटरसाइकलमा युपी ५ पी ५८६३ नम्बरको अपाचे र युपी ५५सी ४३३ नम्बरको स्प्लेन्डर छन् । घटनास्थलबाट दुर्इ थान पेस्तोल, एक थान सिक्सर र १५ थान गोली  बरामद गरिएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।

0 comments for "लुम्बिनिमा गोली चल्यो, हतियारधारी खानको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive