Published On:Sunday, June 7, 2015
Posted by my storry
वलिउड अभिनेत्री कंगनाको कृषि मोह
जेष्ठ २४,
वलिउडमा आप्mनो सम्भावनाको सार्थक उपस्थिति जनाईसकेकी एक भारतिय अभिनेत्री कंगना रनावत एक सफल कलाकारको साटो सफल किसान वन्न चाहन्छिन् । सायदै पत्यारलाग्न सक्छ तपाईहरुलाई यो कुरा तर सत्य यहि हो कि भारतको दिल्लिमा भएको एक पत्रकार सम्मेलनमा वोल्ने क्रममा उनले भनेकी छन् सधै म फिल्म क्षेत्रमा रहिरहन्छु भन्ने छैन मलाई किसान वन्न मन छ । म मेरै वारीमा मुला फलाउन चाहन्छु, कुनै दिन सागसब्जी मात्र खाएर दिनचर्य विताउन चाहन्छु ।
छोटो समयमा आफुलाई अब्बल वनाउन सफल कंगनाले ‘ग्यांगस्टार’, ‘वो लम्हे’, ‘लाइफ इन अ मेट्रो’, ‘तनु वेड्स मनु’ ‘फेसन’, ‘क्रिस–३’ जस्ता फिल्म खेल्न भ्याई सकेकी छन् भने अहिले ‘तनु वेड्स मनु रिर्टन’ मा उनै कंगनाको क्रेज फेरि दोब्बर बनेको छ– डबल रोल चरित्रमा । पत्रकारको विचमा कंगनाले भनिन ‘हिन्दी फिल्म जगतमा महिलाका निम्ति अक्सर परम्परागत भूमिका मात्रै दिइने गरिएको छ, ‘तर, हामी पनि परिवर्तनका संवाहक हुन सक्छौं, आज एउटी महिला पत्रकार, इन्जिनियर वा अन्य स्वच्छन्द भूमिकाका निम्ति पनि योग्य भइसकेका छन् ।’
गतवर्ष कंंगनाले ‘क्वीन’ फिल्मबाट २६ बर्षकै उमेरमा राष्ट्रिय फिल्म अवार्ड प्रप्त गरेकि थिईन ।