Published On:Monday, June 1, 2015
Posted by dadad

पुनर्निर्माणका लागि चारवटा विकल्प

 
१९ जेठ, काठमाण्डौ । राष्ट्रिय योजना आयोगले भूकम्पपछि संरचना पुनर्निर्माणका लागि सरकारलाई चारवटा विकल्प दिने भएको छ। आयोगका सदस्य चन्द्रमणि अधिकारीले भूकम्पपछि पुनर्निर्माणमा कस्तो संरचना बनाउने भन्ने विषयमा विभिन्न विकल्प तयार भएको बताए। नागरिक दैनिकमा समाचार छ ।

'कस्तो बनाउने भन्ने विषयमा हामीले थालेको छलफलमा चार विकल्प आएका छन्,' अधिकारीले नागरिकसँग भने, 'सुझावसहित चारवटै विकल्प प्रधानमन्त्रीलाई दिन्छौं, कुन उचित हुन्छ सरकारले त्यही गर्छ।'
अधिकारीका अनुसार पहिलो विकल्प हाल भएका मन्त्रालयलाई नै सुदृढीकरण गरेर प्रभावकारी बनाउने र हालकै संरचनामार्फत काम गराउने रहेको छ।
त्यसका लागि कानुन परिमार्जन गरी विकास निर्माणका कामलाई छिटो, छरितो र प्रभावकारी बनाउन सकिन्छ जसमा हाल कायम मन्त्रालयले नै आफ्नो क्षेत्रगत हिसाबले पुनर्निर्माणको काम गर्नेछन्।
दोस्रो विकल्प विपत व्यवस्थापनका लागि छुट्टै मन्त्रालय खडा गर्ने रहेको छ।
मन्त्रालयमा मन्त्री, सचिव लगायतका संगठन संरचना तयार हुनेछन्। त्यसले विपतपछिको उद्धार र राहतको काम गर्नेछ। विपतका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणको काम पनि त्यसैलाई दिइनेछ।

0 comments for "पुनर्निर्माणका लागि चारवटा विकल्प"

Leave a reply

    Popular Posts

    Blog Archive