Published On:Monday, June 8, 2015
Posted by dadad

हेलो सरकारको फेसबुक पेज

काठमाडौँ, २५ जेठ । जनताका गुनासा सुन्नका लागि स्थापित हेलो सरकार कक्षले फेसबुक पेज सञ्चालनमा ल्याएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव लीलामणि पौड्यालले सो पेजको औपचारिक सुरुआत गर्नुभयो । 

नागरिकले सरकारी सेवा तथा विभिन्न जनसरोकारका गुनासालाई फेसबुक पेजमार्फत पनि हेलो सरकारमा पठाउन सक्नेछन् । नागरिकले धधध। ाबअभदययप।अयmरजभिियकबचपबच।लउ पेजमा गएर आफ्ना गुनासा तथा सुझाव दिन सक्नेछन् । सो पेजमा गएर गुनासाकर्ताले सुझाव दिने तथा आफ्ना गुनासा राख्न सक्ने मुख्यसचिव पौड्यालको भनाइ छ । 

हेलो सरकारलाई थप विस्तार गरिएको र नागरिकको सहज पहुँचमा पुग्ने प्रयास गरिएको बताइएको छ । गुनासोकर्ताले कुन सरकारी कार्यालयसँगको सम्बन्धित गुनासो हो भन्ने खुलाएमा छिटो सम्बोधन गर्नका लागि सहज हुने छ । जनताले सेवा लिँदा भोगेका समस्या सम्बोधन गर्न सो व्यवस्था गरिएकाले नीतिगतभन्दा कुन काम÷सेवा÷कार्यालय वा व्यक्तिसँग गुनासो हो सोको स्पष्ट जानकारी गराउन आग्रह गरिएको छ । 

सामाजिक सञ्जाल विस्तारसँगै व्यक्ति व्यक्तिबीच सम्बन्ध विस्तार भएको र यसको उपयोग गरी कार्यालय कार्यालयबीच समस्या समाधान गर्न सकिने र सरकार तथा जनताबीचको विश्वास बढाउन मद्दत पुग्ने उद्देश्यले सो पेज सञ्चालन ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिनुभयो । 

फेसबुकमा धेरैको पहुँच पुगेको, सरकारका धेरै कार्यालयमा इन्टरनेट पुगेको, सामाजिक सञ्जालद्वारा कार्यालयबीच नेटवर्किङ गर्न सजिलो हुने उद्देश्यले नयाँ प्रविधि सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि हेलो सरकारले ११११ निःशुल्क टेलिफोन नं, एसएमएस लगायत मार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको थियो । रासस 

0 comments for "हेलो सरकारको फेसबुक पेज"

Leave a reply

    Popular Posts

    Blog Archive