Published On:Monday, June 1, 2015
Posted by dadad
क्यानडाले लैजान सक्छ यस्ता योग्यता भएका जनशक्ति
२१ वटा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउन सक्ने

भूकम्पप्रभावित जनतालाई सहयोग गर्न नेपाल आएकी क्यानडाकी श्रममन्त्री केल्ली लेइचसमक्ष श्रम तथा रोजगार मन्त्रालयले यस्तो सूची उपलब्ध गराएको हो ।
नेपालले क्यानडाको आवश्यकताअनुसार उपलब्ध गराउन सक्ने जनशक्तिमा दन्त चिकित्सक, मेडिकल ल्याब प्राविधिक, शिक्षक, नर्स, कृषिविज्ञ, अनमी, अकाउन्टेन्ट, इन्जिनियर, सूचना प्रविधिसम्बन्धी विज्ञ, प्लम्बर, इलेक्ट्रिसियन,मेकानिक, सुरक्षा गार्ड, कृषि विज्ञ, रसायनशास्त्री, तालिमप्राप्त मजदुर,जीवविज्ञान सम्बन्धी जनशत्तिः छन् । नेपालले आकर्षक पारिश्रमिक तथा सेवा सुविधा दिएमा प्राविधिक तथा दक्ष जनशक्ति पठाउन सक्ने बताएपछि त्यहाँकी श्रममन्त्री लेइचले नेपालबाट कामदार लैजान विशेष पहल गर्ने आश्वासन दिएकी छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।