Published On:Sunday, June 7, 2015
Posted by dadad
बहुविवाहको अाराेप लागेका विवादास्पद महासेनानीको बढुवा तयारी

नेपाली सेनाको बजेट महाशाखाको प्रमुखका रुपमा कार्यरत रहेका अधिकारीलाई
बढुवा गर्न सैनिक सचिवको सचिवालय र सेनाको बढुवा समितिले सबै तयारी अन्तिम
चरणमा पुर्याएको छ । महासेनानी अधिकारीले बहुविवाह गरेको भन्दै जिल्ला
अदालत काठमाडौंले मानाचामल भर्ने आदेश गरेको भएपनि अहिलेसम्म साे आदेश
कार्यान्वयन भएको छैन् ।
अदालतले अधिकारीको पहिलो श्रीमती राधिका अधिकारी गौतमले दिएको
मानाचामलसम्बन्धी मुद्धामा प्रतिमहिना ५ हजारका दरले रकम उपलब्ध गराउन आदेश
दिएको थियो ।