Published On:Thursday, June 4, 2015
Posted by dadad

परीक्षण नभएको भवनमा नपढाउः शिक्षा मन्त्रालय

२२ जेठ, काठमाण्डौ । उपत्यका लगायतका भूकम्प प्रभावित जिल्लामा परीक्षण बिनै कक्षा सञ्चालन गरेको गुनासो आएपछि मन्त्रालयले मातहतका कार्यालयलाई यो निर्देशन कडाईका साथ पालना गराउन भनिएको छ । आइतबारदेखि उच्च माध्यमिक तह सम्मका विद्यालय सुचारु भएको छ ।

जेष्ठ २० गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेको छ । सोमबारदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका संस्था सञ्चालनमा आउने छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कार्यक्रम भने जेठ ३१ देखि सुरु हुदैछ । भूकम्पबाट क्षति पुगेको विद्यालयको प्राविधिक परीक्षण बिना कक्षा सञ्चालन नगर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments for "परीक्षण नभएको भवनमा नपढाउः शिक्षा मन्त्रालय"

Leave a reply

    Popular Posts

    Blog Archive