Published On:Thursday, June 4, 2015
Posted by dadad

भारत र चीनका प्रधानमन्त्रीलाई डाकिने

modi china२२ जेठ, काठमाण्डौ । सरकारले दुई सातापछि हुने दाता सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलगायत विश्वका नेताहरूलाई बोलाउने भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ समकक्षी ली, भारतीय समकक्षी मोदी, राष्ट्रसंघका महासचिव बान, विश्वबैंकका अध्यक्ष डा. जिम योङ किम, युरोपेली कमिसनका अध्यक्ष जँ क्लाउडे जंकर र एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओलाई सम्मेलनमा सहभागी भइदिन निमन्त्रणा पठाउन लागेका हुन्।

'निमन्त्रणापत्र तयार भइसकेका छन्। प्रधानमन्त्रीले हस्ताक्षर गरेपछि सम्भवत: शुक्रबार पठाइनेछ', परराष्ट्र स्रोतले भन्यो।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले छिमेकी चीन र भारतका प्रधानमन्त्रीलाई छिट्टै निमन्त्रणापत्र पठाइने जानकारी दिए। 'प्रधानमन्त्रीज्यूले चिनियाँ र भारतीय समकक्षीलाई सम्मेलनमा सहभागी हुन चाँडै निमन्त्रणा गर्नुहुनेछ', उनले भने।
 

0 comments for "भारत र चीनका प्रधानमन्त्रीलाई डाकिने"

Leave a reply

    Popular Posts

    Blog Archive