Published On:Monday, June 8, 2015
Posted by Unknown
भुकम्पले दुखेको घाउमा शिक्षप्रेमी महतले १ लाखको मलमपट्टी लगाए ।

आफ्ना सहयोगि हातहरु फैलाउने क्रममा ढोला गाउ विकास समिति वडा नम्बर ०३ मा रहेको मण्डली इङ्लीस स्कुलको कम्प्युटर ल्याब र भौतिक संरचना पुन निर्माणको लागि झापा घर भई हाल अमेरीकामा बसोबास गर्नेे डिक बिर महतले रु १ लाख सहयोग गरेका छन् ।
आफुले प्रिन्सीपलको रुपमा केही बर्ष काम गरेको उक्त विद्यालयलाई सहयोग गर्न पाउदा आफु निकै खुसी भएको उनले नेपाली माटोलाई जानकारी दिए । २१ औ शताब्दीको यो युगमा अझै पनि ग्रामिण भेगका बालबालिका हरुको पहुचमा कम्प्युटर शिक्षा पुग्न नसकेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले विद्यालयलाई कम्प्युटर खरिद गर्न सघाउने उद्देश्यले आफुले केही रकम सहयोग गरेको बताएका छन् ।
ग्रामिण क्षेत्रमा रहेर सुफत मुल्यमा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्दै आएको सो विद्यालयमा अध्ययनरत केही विद्यार्थीको शिक्षामा सहयोग पु¥याउने उद्देश्य सहित उनले जेहेन्दार छात्रावृद्धी कोषको समेत स्थापना गर्ने बताए । सो विद्यालयमा अध्यापनरत रहदा आफुले उक्त ठाऊँका मानिसहरुबाट धेरै माया र सद्भाव पाएको कारण सो गाँउसंग आफ्नो गाढा सम्बन्ध रहेको भन्दै बालबालिकाको शिक्षामा सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने उनी बताउछन् ।
गुणस्तरिय शिक्षा प्रदान गरि त्यस क्षेत्रकै अब्बल विद्यालयको रुपमा परिचित सो विद्यालय प्रति आफ्नो पुर्व प्रिन्सीपलले देखाउनु भएको अपार मायाले आफुहरु निकै हौसिएको र इन्टरनेट सहितको कम्प्युटर शिक्षा प्रदान गर्न हतार लागि सकेको विद्यालयका प्रिन्सीपल हरिप्रसाद भट्टको भनाई छ ।
ग्रमिण बस्तीमा कम्प्युटर शिक्षा प्रदान गर्न महत सरले जस्तै सबैले सहयोग गर्ने हो भने ग्रामिण क्षेत्रमा पढेका विद्यार्थी पनि विश्व बजारमा सजिलै बिक्न सक्ने विद्यालयका अध्यक्ष गंगा मिश्र बताउछन् ।
बिदेशी भुमीमा पसीना बगाएर कमाएको रकम गाउँको शिक्षा विकास गर्नमा खर्च गर्ने महत सरबाट सबैले पाठ सिक्नु पर्ने विद्यालयका संचालक वुद्धी भट्ट बताउछन् ।