Published On:Friday, June 5, 2015
Posted by dadad

मेरो जिन्दगी

कृष्ण आचार्य

शास फेरेको छु,
एक थाल खाएकै छु
तर मलाई लाग्दैन म जिउदो छु ।
उता भत्केको घर बाहीर
बुढा बा आमा अनि
जिवन संगिनी त्यस माथी
उनको साथमा रहेको दुधे बाबु
चिउरा र पाल ले दिन कटाइरहेका छन ।
मलाइ यता लाग्छ दिन के रात के
बोकि झिटि झामटो अनि पारेर कुम्लो
काटेर जहाजको टिकट अनि
हँुइकेर नेपाल जाम भने पनि
उता साहुको दुईलाख ले बच्चा बच्ची पाइ सक्यो
अब त नाती हुन बाँकी छ ।
भएको त्यहि एक हल खेत पनि
पैसा सँग पैँचो दिएको छ
नजाम त भने मन बाँचेर पनि मरिरहेछु
जाम त कसरी जाम,
रित्तो हात के जाम
केहि लिएर जाम त
के लिएर जाम
हातमा ठेला निधारमा पसिना
अनि अधेरो मन अमिलो मन ।
काम गर्ने त्यति डिल छैन मलाई
भत्केको घर हेरेर अनि परिवार सँग बसेर
डाँको छोडेर रुन मन छ
अनि दुख विसाउन मन छ
दुख पर्दा आफन्ताको साथमा नहुदा
दुखको भन्दा पनि धेरै पिडा हुँदो रैछ
उफ्रिउ चिच्चाउ,कराउ रोउ तर
कुवाको भ्यागुतो कुवामानै हुन्छ
विर्सिन सबै कुरा कोल्टे पर्छु
कसम निर्दा पर्दैन । अनि फेरी उठेर विलौना गर्छु
छुक्क मेरो जिन्दगी ।
उता मेरो घर भत्कीएको छ
म यता अरुको घर भम्काइरहेको छु ।
उता मेरो परिवार सबै रोएको छ
म यता अरुको परिवार हराइरहेको छु ।
थुक्क मेरो जिन्दगी
एउटा कुकुर को भन्दा पनि लाचार
अनि एउटा खच्चडको भन्दा पनि दुखी ।

0 comments for "मेरो जिन्दगी "

Leave a reply

    Popular Posts

    Blog Archive