Published On:Tuesday, June 2, 2015
Posted by dadad

पुनर्वाससँगै मानवअधिकार संरक्षणमा जोड

काठमाडौँ, १९ जेठ । मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनलले भूकम्पपीडितको पुनर्वास, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा राहतका कामसँगै मानवअधिकार संरक्षणलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
उक्त संस्थाको लण्डनस्थित अन्तर्राष्ट्रिय सचिवालयले गएराति अबेर सोही स्थानबाट सार्वजनिक गरेको प्रतिवेदनमा विपद् व्यवस्थापनका गतिविधि समानता, न्यायपूर्ण र उत्तरदायीपूर्णरुपमा हुनुपर्ने र तिनमा मानवअधिकारका विषयलाई पनि केन्द्रमा राख्नुपर्ने उल्लेख छ ।
राहत सामग्री वितरणमा राजनीति गर्न नहुने र त्यस्ता क्रियाकलाप हुन नदिन नेपाली सेना र नेपाल सरकार सचेत हुनुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको छ । रासस

0 comments for "पुनर्वाससँगै मानवअधिकार संरक्षणमा जोड"

Leave a reply

    Popular Posts

    Blog Archive