
२६ जेठ, काठमाण्डौ । भूकम्प प्रभावित व्यक्तिहरुले नागरिकता हराएको खण्डमा पनि बैंक खाता खोल्न
पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दे उक्त सुविधा
दिएको हो । भूकम्प प्रभावित व्यक्तिहरुले सरकारले वितरण गर्ने परिचयपत्रका
आधारमा खाता खोल्न सक्ने आजको कान्तिपुर दैनिकमा समाचार छ ।