Published On:Thursday, June 4, 2015
Posted by dadad

दलहरुको आग्रहमा संविधानसभा बैठक स्थगित

२१ जेठ, काठमाडौँ । दलहरुको आपसी छलफल जारी रहेको अवस्थालाई ध्यानमा राखी आजका लागि तोकिएको संविधानसभाको बैठक यही जेठ २५ गते सोमबारसम्मका लागि स्थगन भएको छ । 

बैठक आज अपराह्न ३ बजेका लागि डाकिएको थियो । संविधानसभा, व्यवस्थापिका–संसद् सचिवालयले सूचना टाँस गरी स्थगन भएको जनाएको हो । संविधानसभा नियमावली, २०७० को नियम ६ को उपनियम ३ बमोजिम बैठक स्थगन भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 

सूचना टाँस हुनुअघि कानुन, न्याय, संविधानसभा तथा संसदीयमामिलामन्त्री नरहरि आचार्यले सभाध्यक्ष सुवास नेम्वाङलाई टेलिफोन गरी मुख्य चार शक्तिका बीचमा संविधानका अन्तर्वस्तुमा छलफल भइरहेकाले बैठक केही दिन सार्न आग्रह गर्नुभएको सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताउनुभयो । 

यसअघि यही जेठ १७ गतेका लागि तोकिएको बैठक आजका लागि सारिएको थियो । रासस, 

0 comments for "दलहरुको आग्रहमा संविधानसभा बैठक स्थगित"

Leave a reply

    Popular Posts

    Blog Archive