Published On:Tuesday, June 2, 2015
Posted by dadad

सामूहिक बलात्कारमा संलग्नलाई जनही १० वर्ष कैद

१९ जेठ, इलाम  । सामूहिक बलात्कार गर्ने छ जनालाई जिल्ला अदालत इलामले जनही १० वर्ष कैद फैसला सुनाएको छ ।

तीन वर्षअघि एक महिलालाई बजारबाट घर फर्कने क्रममा सामूहिक बलात्कार गर्ने बाँझो–२ का फिरज लिम्बू, केशर लिम्बू, झापा दमक–१ का आश्विन राई, प्रवीन कुमाल, अनील लिम्बू र सुरज कुमालविरुद्ध सो फैसला सुनाएको हो ।

सामूहिक बलात्कारमा संलग्न उनीहरू हाल फरार रहेकाले मुल्तबीबाटै उनीहरूलाई कैद सजाय सुनाइएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले उनीहरूलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (५) बमोजिम जनही पाँच वर्ष कैद र सोही महलको ३ (क) बमोजिम थप पाँच÷पाँच वर्ष कैद र पीडितलाई रु १०÷१० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । रासस

0 comments for "सामूहिक बलात्कारमा संलग्नलाई जनही १० वर्ष कैद"

Leave a reply

    Popular Posts

    Blog Archive