Published On:Thursday, June 4, 2015
Posted by my storry

कपिलबस्तुको निग्लीहवामा निस्सासिएर ५ जना मजदुरको ज्यान गयो ।।

रन्जना रौतार ,जेठ २१
कपिलबस्तुको निग्लीहवा ७ पचेहरामा आज बिहान साढे ८ बजे ५ जना र्निमाण मजदुरको निस्सासिएर ज्यान गएको छ । स्थानीय ओम प्रकाश केवटको घरको २० दिन अघि र्निमाण गरिएको  सेफटी ट्याङकिको सटरिङ खोल्न जांदा उनिहरु क्रमस निसास्यीएर बेहोस भएका थिए । गहिरो गरि र्निमाण गरिएको सेफटि ट्याङकिमा अक्सीजनको अभावले उनिहरु बेहोस बनेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यलय पिपराका निरिक्षक मुरलिमोहन अधिकारीले जानाकारी दिनुभयो । ज्यान जानेमा बाणगंगा ७ हथौसाका  ४० बर्षिय हदै थारु ,३० बर्षिय तौलेश्वर थारु, बर्ष २५ का तिलक थारु, ३० रमेश पासी र बाणगंगा नगरपालिका ४ पटनाका शिवनारायाण यादव रहेका छन् । मृतक मजदुरहरुको तौलिहवा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

0 comments for "कपिलबस्तुको निग्लीहवामा निस्सासिएर ५ जना मजदुरको ज्यान गयो ।।"

Leave a reply

    Popular Posts

    Blog Archive