Published On:Friday, June 5, 2015
Posted by my storry

नागरिकका सम्पादक, प्रधानमन्त्रीको प्रेस सल्लाहकार

२२ जेठ, 
केही दिन अघि मात्रै नागरिक दैनिक छाडेका प्रतिक प्रधान प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । 
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालाको प्रेस सल्लाहकारमा पत्रकार प्रधानलाई नियुक्त गर्ने निर्णय गरेको हो । 
एक वर्ष भन्दा लामो समयसम्म प्रेस संयोजक मात्रै नियुक्त गरेका प्रधानमन्त्री कोईरालाले पत्रकारीतामा अब्बल प्रधानलाई प्रेस सल्लाहकारका रुपमा नियुक्त गरेका छन् । 
प्रधानमन्त्रीको प्रेस संयोजकमा प्रकाश अधिकारी पहिलेनै नियुक्त भैसकेका थिए ।

0 comments for "नागरिकका सम्पादक, प्रधानमन्त्रीको प्रेस सल्लाहकार "

Leave a reply

    Popular Posts

    Blog Archive