Published On:Wednesday, June 3, 2015
Posted by dadad

वैशाखअघि पनि लगातार भूकम्‍प

२१ जेठ, काठमाण्डौ । महाभूकम्पपछिका परकम्पहरू पातलिएका छन्। छिटफुट आइरहेका साना धक्काले पनि सर्वसाधारण आतंकित हुने क्रम घटेको छैन। वैशाख १२ गतेअघिका भूकम्प कमै थाहा पाउने सर्वसाधारण अहिले साना धक्काबाट समेत तर्सिरहेका छन्।
 
तर विगत १० वर्षमा नेपाल केन्द्रबिन्दु भएर गएका भूकम्पको तथ्यांक हेर्दा थाहा हुन्छ- साना (चारदेखि छ रेक्टर स्केलसम्मका) भूकम्प वैशाख १२ अघि पनि हरेक महिना गइरहेकै थिए। 
 
यी भूकम्प वैशाख १२ पछि मात्रै जान थालेका होइनन्, बर्सौंदेखि निरन्तर गइरहेका छन्। १० वर्षमा चार रेक्टर स्केलभन्दा माथिका मात्रै एक सय ८० वटा भूकम्प गइसकेका छन्, आजको अन्नपूर्णमा खबर छापिएको छ।
 
वैशाख १२ को महाभूक पअघिका ११ दिनमा मात्रै चारवटा भूकम्प गइसकेका थिए। सर्वसाधारणबीच यसको कुनै चासो र चर्चै भएन। तीमध्ये एउटा ५.१ रेक्टर स्केलको थियो भने बाँकी चारभन्दा बढीका थिए। 
 
त्यस्तै सन् २०१४ भरिमा ११ वटा भूकम्प गए। २०१४ मा सोलुखुम्बु र नेपाल-तिब्बत सीमामा दुईवटा छुट्टाछुट्टै ५.९ रेक्टर स्केलका भूकम्प गएका थिए। बाँकी सबै चारदेखि पाँचबीचका छन्। यसमध्ये सोलुखुम्बु केन्द्र भएर गएको भूकम्पको केही चर्चा भयो, बाँकी सर्वसाधारणले पत्तै पाएनन्।
 
सन् २०१३ मा पनि २६ वटा भूकम्प गए। २०७० भदौ १४ (अगस्ट ३०) मा तिब्बत-नेपाल सीमा केन्द्रबिन्दु भएको ६ रेक्टर स्केलको भूकम्प गयो। यसले जनधनको क्षति गरेन। त्यो वर्ष पश्चिम नेपाल केन्द्रबिन्दु भएर पाँच रेक्टरभन्दा माथिका धेरै भूकम्प गए। 
 
चार रेक्टरभन्दा माथिका अरू भूकम्पको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म केन्द्र थियो। 'गोरखा केन्द्रबिन्दु भएर गत वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको भूक पपछि परकम्प जाने क्रमचाहिँ बढेको हो। 
 
भूकम्प त उहिल्यैदेखि निरन्तर गइरहेकै छ', राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने।

0 comments for "वैशाखअघि पनि लगातार भूकम्‍प"

Leave a reply

    Popular Posts

    Blog Archive