Published On:Wednesday, June 3, 2015
Posted by dadad
जस्ता बिक्रीमा अनियमिततापछि धादिङबेंसीमा अनुगमन

गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि ग्रामीण क्षेत्रका सबैजसो घर
पूर्ण रुपमा भत्किएको र वर्षा अगावै घर निर्माण गर्नका लागि जस्तापाताको
माग अत्यधिक भएपछि बजारमा व्यापारीले जस्तापाताको बिक्रीमा अनियमितता
गरिरहेको जनगुनासो आउन थालेको थियो ।
वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला
अधिकारी एवम् जिल्ला अनुगमन अधिकृत नन्दलाल शर्माको नेतृत्वमा सोमबार पसलको
अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा व्यापारीले भूकम्पपछि जस्ताको कारोबार त बढेको तर बजारमा मागअनुसारको आपूर्ति गर्न नसकिएको जानकारी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय धादिङले भने सदरमुकाममा सञ्चालित हार्डवयर पसलमा
अनुगमन गरी भूकम्पअघिको कारोबार र भूकम्पपछिको कारोबार तथा बिल सङ्कलन
गरेको छ ।
धादिङबेसी सदरमुकाममा मात्रै एक दर्जनभन्दा बढी हार्डवेयर पसल सञ्चालनमा
छन् भने प्रत्येक पसलबाट अहिले दिनहुँ २०० देखि ४०० बन्डलसम्म जस्तापाता
बिक्री हुदै आएको छ तर अनुगमनमा आएका सरकारी अधिकारीलाई भने अहिलेसम्म
एक÷दुई टिपमात्रै नयाँ जस्ता ल्याएको र बाँकी सबै पुरानो स्टक जस्ता
बेचिरहेको भनेर झुक्याएका छन् ।
अनियमितताको शङ्का लागेपछि वाणिज्य विभागले जस्ता पसलबाट खरिद बिल र बिक्री बिल जफत गरेको जनाएको छ । रासस