Published On:Thursday, June 4, 2015
Posted by dadad

भुकम्प पिडीत पत्रकारलाई आर्थिक सहयोग

जेठ २१,काठमाडौं
भुकम्प पिडीत पत्रकार केपी अनमोललाई ईजरायलमा बस्दै आएकी रिङ्कु राईले आर्थिक सहयोग गर्नु भएको छ ।  
बैशाख बाह्र गते नेपालमा आएको महाभुकम्पमा परि आफन्त गुमाएका पत्रकार अनमोललाई राईले आफ्नो ब्यतmीगत तर्फबाट नेपाली दश हजार आर्थिक सहयोग गर्नु भएको हो ।  
भारतको दार्जिलिङ स्थायी घर भई हाल बैदेशिक रोजगारीका लागि राई ईजरायल बस्दै आउनु भएको छ । फेसवुकबाट पत्रकार अनमोलसंग परिचीत राईको माइती घर नेपालको ईलाम हो । आफ्नो जन्मभुमी नेपालमा आई परेको बिपत्तीबाट आफु ज्यादै दुखित भएको र बिपत्तीमा परेका सबै नेपाली दाजुभाईलाइ आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने राईको भनाइ छ । महाभुकम्पमा परि पत्रकार अनमोलकी श्रीमती, भाई र छोरीको ज्यान गएको थियो ।

0 comments for "भुकम्प पिडीत पत्रकारलाई आर्थिक सहयोग"

Leave a reply

    Popular Posts

    Blog Archive