Published On:Thursday, June 4, 2015
Posted by dadad
सेफ्टी ट्यांकमा निस्सासिएर पाँचको मृत्यु
२१ जेठ, कपिलवस्तु । कपिलवस्तुको निग्लीहवा गाविस–७ पचेहरामा निर्माणाधीन भवनको सेफ्टी ट्यांकमा निस्सासिएर आज पाँच जनाको मृत्यु भएको छ ।
स्थानीयवासी प्रकाश केवटको बन्दै गरेको घरको ट्यांकभित्र पसेका पाँचै जना मजदुरको अक्सिजनको अभावमा मृत्यु भएको हो । मृत्यु हुनेमा बाणगङ्गा–७ का १८ वर्षीय रमेश पासी, २३ वर्षीय विनोद थारु, ३६ वर्षीय भदै थारु, ४० वर्षीय तौलेश्वर थारु र सोही गाविस वडा नं ४ का ३० वर्षीय शिवनारायण यादव रहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोमा थापाले जानकारी दिनुभयो ।
“पाँचै जनाको बाटामै मृत्यु भइसकेको रहेछ” डा थापाले भन्नुभयो । अहिले सबैको शव जिल्ला अस्पताल तौलिहवामा परीक्षणका लागि राखिएको छ । रासस